जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

१० वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादनकाे लक्ष्य निजी क्षेत्रले मात्रै पुरा गर्नसक्छ : कुलमान घिसिङ

जलसरोकार
बिहीबार, जेठ ०३, २०८१ | १७:३३:२८ बजे

 

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रले मात्रै पूरा गर्नसक्ने बताएका छन्।  इकोनोमिक मिडिया एसोसियसन नेपाल (इमान)द्वारा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)सँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा  बिहीबार प्रि बजेट छलफलका क्रममा बोल्दै घिसिङले निजी क्षेत्रले सरकारको लक्ष्य पुरा गर्न सक्ने बताएका हुन् । नेपालको जलविद्युत उत्पादनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै १० वर्षमा २८ हजार विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने घिसिङले बताए । 

निर्देशक घिसिङले भने, ‘१० वर्षमा २८ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य राखेका छौं। त्यो पूरा गर्न निजी क्षेत्र नै हो। नेपालको ऊर्जा क्षेत्रमा अहिलेसम्म निजी क्षेत्रले महत्वपूर्ण भुमिका खेल्नुभएको छ। प्राधिकरण निजी क्षेत्रलाई सहजिकरण गर्न संधै तयार छौं। विद्युत प्राधिकरणलाई पनि समस्याहरु छन्। प्राधिकरण राम्रो भएन भने व्यवसायीहरु पनि समस्यामा पर्छन्।’  

उनले जलविद्युत व्यवसायीहरुका माग प्रति प्राधिकरण सकारात्मक रहेको बताए। उनले निजी क्षेत्रका जस्तै समस्या प्राधिकरणले समेत भोगि रहेको भन्दै प्राधिकरणलाई पनि सुधार गर्दै लैजान आवश्यक रहेको बताए। घिसिङले प्राधिकरण पीपीए खोल्नेदेखि लिएर पीपीए भएका आयोजनाहरु निर्माण समयमा सम्पन्न सहजिकरण गर्ने विषयमा सकारात्मक रहेको बताए।  

उनले प्राधिकरणले अहिलेसम्म १० हजारसम्मको पीपीए गरेर ३ हजार ५ सयको प्रोजेक्ट आइसकेको र सो प्रोजेक्ट निर्माणको चरणमा रहेको बताए। उनले राजश्वको विषयले गर्दा विद्युतीय सवारीसाधनमा  भएको प्रमोसनले अन्त कतै जाने खतरा देखिएको भन्दै सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए। 

उनले भने,‘नेपालमा विद्युतीय सवारी साधनको प्रमोसनका कारण राम्रो पिकअप लिएको छ। नेपालमा ग्रिन इनर्जीको खपतलाई यसले सपोर्ट गरेको छ। इप्पानले उठाएका विषयहरुमा प्राधिकरण सधैँ सकारात्मक छ। पीपीए खोल्नेदेखि लिएर पीपीए भएका आयोजनाहरुको पनि निर्माण सम्पन्न कसरी गर्न सकिन्छ। त्यसमा के कुरामा सहजीकरण गर्नसक्छौं। त्यो विषयमा सधैँ तयार छौं।’

प्रकाशित मिति : बिहीबार, जेठ ०३, २०८१ | १७:३३:२८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया