ह्याचरीमा आवश्यक पर्ने पानी आपूर्ति गराएर माछाका नमूना सङ्कलन गरी परीक्षणका रूपमा छाडिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार आयोजनाले मादी नदी माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु गरिसकेको छ ।
ऋषिङ–१ र व्यास नगरपालिका–५ को सिमानामा पर्ने सेती नदीमा आयोजनाले निर्माण गर्ने एक सय ४० मिटर अग्लो बाँधका कारण माछाको आवतजावत प्रभावित भई क्षति पुग्ने भएकाले यसको परिपूर्तिका लागि मादी नदीमा संरक्षण योजना सुरु गरिएको भण्डारीले उल्लेख गरे ।
“आयोजनाले निर्माण गर्ने बाँधका कारण सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई मुख्य रूपमा यहाँ पाइने रैथाने असला र सहर प्रजातिका माछाको जीवन जोखिममा पर्ने देखिएको छ । यसको क्षतिपूर्ति स्वरुप मादी नदीतर्फको प्राकृतिक बहावमा माछा संरक्षण योजना कार्यान्वयनमा ल्याइएको हो”, भण्डारीले भने,। उनका अनुसार सेती र मादी नदीको सङ्गमस्थलबाट मादीको माथिल्लो तटीय क्षेत्रमा योजना कार्यान्वयनको पहल थालिएको हो ।
योजना कार्यान्वयनका लागि मादी नदीको तटसँग जोडिएका तनहुँको व्यास तथा लमजुङको मध्यनेपाल नगरपालिकाका प्रमुख, कास्कीको मादी तथा रुपा गाउँपालिकाका अध्यक्ष, तनहुँ हाइड्रोपावर लिमिटेड र बोटे समाजको प्रतिनिधि रहने गरी माछा संरक्षण समन्वय समिति गठन भइसकेको छ ।
मादी नदीमा माछा संरक्षण गर्ने विषयमा स्थानीय पालिकाहरूको साझा सरोकार र साझेदारीको विषय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्थाबमोजिम समिति गठन गरिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।
उनले भने,“बाँधका कारण यहाँ पाइने रैथाने असला र सहर प्रजातिका माछाको जीवन जोखिमा पर्ने देखिएपछि संरक्षणका लागि सेती र मादी नदीको सङगमस्थलबाट करिब ४५ किलोमिटर मादीको माथिल्लो तटीय क्षेत्रमा मत्स्य संरक्षण योजना कार्यान्वयनमा ल्याइएको हो ।”
उनका अनुसार व्यासका वडा नं ३, ४, ५,६, ७ र १०, मध्य नेपालका वडा नं ४, ५, ६, ७ र ८, रुपाका वडा नं १, ३ र ७ तथा मादी गाउँपालिकाका वडा नं ४, ५, ९, १०, ११ र लाई प्रभावित क्षेत्र मानिएको छ ।
एनसेलले ‘लीग अफ क्रिएटर्स’ आयोजना गर्दै: देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने राष्ट्रव्यापी अभियान
भ्रममा नपरी देश विकासमा जुट्न ऊर्जा मन्त्री खड्काको आग्रह
न्यायपालिका अधिकृत समाजको अध्यक्षमा अच्युत कुइँकेल चयन
ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षरोपण
बजेट निजी क्षेत्रलाई उत्साहित बनाउनेगरी आयो, कार्यान्वयनमा चुक्नुभएन :अध्यक्ष ढकाल
सेयर बजार सामान्य अङ्कको वृद्धिसँगै २६९४.६६ को विन्दुमा कायम