सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तनहुँ जलविद्युत् आयोजना : मुख्य बाँध ५० प्रतिशत पूरा

जलसरोकार
बुधबार, जेठ २०, २०८३ | १०:५४:१७ बजे

 

तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाअन्तर्गतको १४० मिटर अग्लो मुख्य बाँध निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार २०८१ चैत ७ गतेदेखि सुरु गरिएको बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट गर्नुपर्नेमा हालसम्म चार लाख २४ हजार १२० घनमिटर कङ्क्रिट कार्य सम्पन्न भएको आयाेजनाले जनाएकाे छ । 

एक सय ४० मिटर उचाइको उक्त बाँध निर्माण सम्पन्न भएपछि तनहुँ जलविद्युत् आयोजना नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

आयोजनाको प्याकेज -१ अन्तर्गत बाँध तथा सम्बन्धित संरचना निर्माणको जिम्मा सोङ्दा कालिका जेभीले लिएको छ। यस प्याकेजमा हालसम्म ५९ प्रतिशत भौतिक प्रगति हासिल भएको आयोजनाले जनाएको छ।

मुख्य बाँध निर्माणका लागि आवश्यक सुरुङलगायत अन्य पूर्वाधार संरचनाको निर्माण सम्पन्न भइसकेको छ। साथै बाँध निर्माणलाई सहज बनाउन सेती नदीको पथान्तरण गरिसकिएको छ भने बाँधको माथिल्लो तथा तल्लो तटीय क्षेत्रमा निर्माण गरिने अस्थायी बाँध (कफर ड्याम) को काम पनि सम्पन्न भएको छ।

आयोजनाले निर्धारित समयमै निर्माण कार्य सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ निर्माणलाई तीव्रता दिएको जनाएको छ।

प्रकाशित मिति : बुधबार, जेठ २०, २०८३ | १०:५४:१७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया