इप्पानका उपमहासचिव प्रकाश दुलालले टेक एण्ड पे मा पीपीए गर्नु र नगर्नुको कुनै अर्थ नभएको बताए । बैंकले लगानी नगर्ने भएपछि त्यस्तो पीपीए गर्नु र नगर्नुको के अर्थ ? दुलालले प्रश्न गर्दै भने ।
इप्पान पदाधिकारीका कुरा सुनीसकेपछि अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई निरुत्साहित गर्ने आफ्नो मनसाय नरहेको र आयोजना निर्माणका कुनै पनि समस्या आए आफूले समाधानको पहल गर्ने बताए ।
जेठ १५ गते सार्वजनिक भएको बजेटमा उत्पादन र खपतको तादम्यता मिलाउन नदी प्रवाहमा आधारित आयोजनाको बिजुली टेक एण्ड पे प्रावधान अनुसार मात्रै खरिद गरिने उल्लेख गरेपछि प्रवर्द्धकहरुले कडा आपत्ती जनाएका थिए ।
यसै विषयलाई लिएर इप्पानले ऊर्जा मन्त्री, अर्थ मन्त्री, पूर्वव्रधानमन्त्रीलाई समेत भेटेर यसले ऊर्जा क्षेत्रमा दुरगामी प्रभाव पार्ने बताइसकेको छ ।
अहिले अध्ययनको चरणमा रहेका र पीपीएको लागि निवेदन दिएका गरी १७ हजार मेगावाट क्षमताका ३५० बढी आयोजनाहरु नदी प्रवाही रहेकोले ती आयोजनाको भविष्य अन्यौलमा परेको छ । ती आयोजनाको अध्ययनमा खर्च भएको ६६ अर्ब रुपैयाँ पनि डुब्ने अवस्था आएको छ ।
ऊर्जा मन्त्री दीपक खड्काले उक्त प्रस्ताव ऊर्जा मन्त्रालयले नलिएको र यसमा आफ्नो आपत्ति रहेको बताइसकेका छन्, भने इप्पानले उक्त बुँदा नसच्याए चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिसकेको छ
बाराको टाँगियाबस्तीमा बिजुली बाल्दा युद्ध जितेजस्तो भयो : कुलमान
दश वर्षमा साढे १४ हजार विद्युतीय सवारी आयात
यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
माथिल्लो त्रिशुली-१ जलविद्युत् आयोजना (२१६ मे. वा.) अन्तर्गत आदिवासी जनजाति विकास योजना : नेपालमा सहभागितामूलक विकासको आदर्श अभ्यास
पुँजीगत खर्च जम्मा १० प्रतिशत मात्रै
आधा बूढीगण्डकी (५८५ मेगावाट) बनाउन पुग्ने पैसा प्रदेश सरकारहरुले खाए