ऊर्जा मन्त्रीलाई सर्वाेच्च अदालतकाे झापड, टीओडी मिटरवाला छानबिन समितिलाई काममा राेक
जलसरोकार
काठमाडौं : सर्वाेच्च अदालतले उर्जा मन्त्री दीपक खड्काले गठन गरेको टीओडी मिटरवाला कमिटीलाई काम नगर्नू नगराउनू भन्ने अन्तरिम आदेश दिएको छ ।
सर्वाेच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले आइतबार उक्त अन्तरिम आदेश दिएको हो ।
सर्वाेच्च अदालतको यो आदेशसँगै अब नेपाल विद्युत् प्राधिकरणलाई ट्रंक तथा डेडिकेटेड बक्यौता उठाउन बाटो खुल्नेछ ।
विद्युत् नियमन आयोगले यही समिति देखाएर विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ३७ प्रयोग गरी बक्यौताधारी उद्योगहरुको लाइन नकाट्न निर्देशन दिएको थियो ।
अधिवक्ता खडानन्द कडेलले गत मंसिर १३ गते उक्त समितिविरुद्ध सर्वाेच्चमा रीट दर्ता गरेका थिए ।
ऊर्जा मन्त्री खड्काले गत मंसिरमा याेजना प्रा अरविन्दकुमार मिश्राको संयोजकत्वमा टीओडी मिटर छानबिन गर्न तीन सदस्यीय समिति बनाएका थिए । उक्त समिति आफैमा अवैध भएको भन्दै प्राधिकरणले चिन्दैचिनेको थिएन । समिति गठन भएको तीन महिना बितिसक्दा पनि काम थाल्न सकेको थिएन ।
मन्त्री खड्काले टीओडी मिटर छानबिन गराउने भन्दै व्यापारीको बक्यौता नउठाउने नियतका साथ उक्त समिति बनाएका थिए । नियमन आयोगले पनि यही समितिलाई देखाउँदै लाइन नकाट्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव