सुपर त्रिशूली (१०० मेगावाट) जलविद्युत् आयोजना तीव्र गतिमा अगाडि, कंक्रिटिङ १ लाख ३१ हजार घनमिटर नाघ्यो
जलसरोकार
काठमाडौं : सय मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । आयोजनाको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएसँगै हाल विभिन्न कार्य-मोर्चामा एकैसाथ उल्लेखनीय प्रगति भइरहेको आयोजनाले जनाएको छ ।
आयोजना स्रोतका अनुसार सन् २०२५ नोभेम्बरसम्म मात्रै १३ हजार ६९४ घनमिटर कंक्रिटिङ सम्पन्न भएको छ । आयोजना सुरु भएयता हालसम्मको कुल कंक्रिटिङ परिमाण १ लाख ३१ हजार ८१९ घनमिटर पुगेको छ ।
हाल आयोजनाका प्रमुख संरचनागत कार्यहरू तीव्र गतिमा अगाडि बढिरहेका छन् । ब्यारेज–४ को निर्माण एलिभेसन (EL) २७१ मिटरसम्म पुगेको छ भने ब्यारेज-५ मा पहिलो राफ्ट कंक्रिटिङ सम्पन्न गरिएको छ ।
यसैगरी, पावरहाउस निर्माण सबै युनिटमा एकसाथ अगाडि बढिरहेको छ । आयोजनाका इन्टेक संरचना र ट्र्यास र्याक निर्माण कार्य पनि सक्रिय रूपमा सञ्चालनमा रहेको जनाइएको छ ।
आयोजना व्यवस्थापन पक्षले साइटमा देखिएको तीव्र प्रगति र कार्यगत समन्वयलाई उत्साहजनक भएको बताउँदै हरेक चरणको उपलब्धिले नेपालका लागि स्वच्छ, भरपर्दो र दिगो ऊर्जा उत्पादनतर्फ आयोजना झन् नजिकिँदै गएको जनाएको छ ।
सुपर त्रिशूली आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत् प्रणालीमा उल्लेखनीय विद्युत् थपिने, आयातित ऊर्जामाथिको निर्भरता घट्ने र ऊर्जा सुरक्षामा ठोस योगदान पुग्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्