सुपर मादी हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर दिने
जलसरोकार
काठमाडौं: सुपर मादी हाइड्रोपावर लिमिटेडको आज भएको १५ औं साधारण सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।
उक्त बोनस शेयरको कर प्रयोजनका लागि नगद लाभांश ५५ लाख २६ हजार ३ सय १६ रुपैयाँ पनि पारित भएको कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए ।
सञ्चालक समितिको प्रस्ताव पारित भएसँगै अब चुक्ता पुँजी २ अर्ब १० करोड को ५ प्रतिशतका दरले १० करोड ५० लाख रुपैयाँ बराबरको दस लाख ५० हजार कित्ता बोनस शेयर वितरण हुनेछ ।
कम्पनीको तत्काल जारी गर्ने पुँजी २ अर्ब २० करोड रुपयाँलाई प्रतिशेयर एक सय रुपैयाँका दरले २ करोड २० लाख ५० हजार थान साधारण शेयरमा विभाजन गर्ने प्रस्ताव पनि पारित भएको छ ।
यसैगरी कम्पनीले ताप्लेजुङ जिल्लासिथत निर्माणाधीन अवस्थामा रहेको माथिल्लो तमोर (२८५ मेगावाट) जलविदुत् आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद शेयर जारी गर्ने र उक्त प्रयोगजनका लागि सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने प्रस्ताव पनि पारित गररेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै