सुनकोशी–मरिन डाइभर्सन आयोजना : मदन भण्डारी राजमार्ग अन्तर्गत झोर खोलादेखि मरिन पुलसम्म सडक कालोपत्रेका लागि ठेक्का आह्वान
जलसरोकार
सिन्धुली : सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिन्धुलीले मदन भण्डारी राजमार्ग अन्तर्गत झोर खोलादेखि मरिन पुलसम्म कालोपत्रे सडक निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिँचाइ विभाग अन्तरगत उक्त आयोजनाले फागुन ८ गते (२० फेब्रुअरी २०२६) पहिलो पटक सूचना प्रकाशित गर्दै उक्त निर्माण कार्यका लागि प्रतिस्पर्धात्मक विद्युतीय बोलपत्र माग गरेको हो ।
आयोजनाका अनुसार “झोर खोला–मरिन पुल खण्डमा अस्फाल्ट कंक्रीट पक्की सडक निर्माण” सम्बन्धी ठेक्का नम्बर एसएमडीएमपी/आरडब्ल्यू/एमबीएच/८२–८३ रहेको छ ।
सूचनामा उल्लेख भएअनुसार बोलपत्र प्रक्रिया नेपाल सरकारको विद्युतीय सरकारी खरिद प्रणालीमार्फत मात्र सञ्चालन हुनेछ । इच्छुक निर्माण व्यवसायी तथा कम्पनीहरूले विद्युतीय प्रणालीमार्फत मात्रै प्रस्ताव पेश गर्न सक्नेछन् । कागजी रूपमा बोलपत्र स्वीकार गरिने छैन ।
थप विवरण, बोलपत्र कागजात तथा प्रक्रिया सम्बन्धी जानकारीका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली वा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय, सिन्धुलीमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवको आयोजना हो। यस आयोजनामार्फत सुनकोशी नदीको पानी सुरुङमार्फत मरिन खोलामा मोडेर सिँचाइ सुविधा विस्तार गर्नुका साथै जलविद्युत् उत्पादन र कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ । मदन भण्डारी राजमार्गको उक्त खण्डमा कालोपत्रे सडक निर्माण भएपछि आयोजना क्षेत्रको यातायात पहुँच, ढुवानी सुविधा तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै