ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीतिमा सुझाव माग
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ को मस्यौदामा सरोकारवालाबाट राय–सुझाव आह्वान गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै रणनीतिलाई थप परिष्कृत, व्यावहारिक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाको सुझाव आवश्यक रहेको जनाएको हो।
मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूचीअनुसार ऊर्जा खपत र निर्यात रणनीतिलाई सम्बोधन गर्न विराज भक्त श्रेष्ठ को संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गरिएको थियो। उक्त समितिले रणनीतिको मस्यौदा तयार गरी मन्त्रीसमक्ष पेश गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ऊर्जा खपत बढाउने तथा अतिरिक्त विद्युत् निर्यातलाई व्यवस्थित गर्ने उद्देश्यले तयार गरिएको रणनीतिमा व्यापक सुझाव समेट्ने प्रयास गरिएको छ।
सरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज, विषय विज्ञ तथा आम सर्वसाधारणलाई मस्यौदा अध्ययन गरी तीन दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ। मस्यौदा मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको छ भने इच्छुकले इमेल वा फिडब्याक पोर्टलमार्फत सुझाव पठाउन सक्नेछन्।
प्राप्त सुझावलाई समेट्दै रणनीतिलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्