हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मतसम्भार र पुनःसञ्चालनको कामलाई तीव्र दिदै विद्युत् प्राधिकरण
जलसरोकार
काठमाडाैं : आइतबार आएको हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढलेर विद्युत् प्रसारण लाइन प्रभावित भएपछि नेपाल विद्युत् प्राधिकरणले मर्मतसम्भार तथा पुनःसञ्चालनको कामलाई तीव्र बनाएको छ ।
प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण विभिन्न स्थानमा अस्थायी रूपमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो । प्रभावित क्षेत्रमा प्राधिकरणका प्राविधिक टोलीहरू निरन्तर खटिएर मर्मत तथा पुनःसञ्चालनको कार्य गरिरहेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तत्काल विद्युत् सेवा पुनःसञ्चालन गर्न प्राधिकरणका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
प्राधिकरणले दिएको जानकारीअनुसार पिलुवा–पथलैया–चन्द्रनिगाहपुर खण्डअन्तर्गत टावर नं १२२–१२३ बीच रुख ढलेर प्रसारण लाइन प्रभावित भएको थियो । उक्त क्षेत्रमा ढलेको रुख हटाइसकिएको छ भने हाल सर्किट चार्ज गर्ने काम भइरहेको छ ।
यस्तै, सोही खण्डको टावर नं १३६–१३७ बीच तीन वटा रुख हटाइएको छ । लाइन पुनःसञ्चालनका लागि आवश्यक प्राविधिक कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी अमलेखगञ्ज–कामाने खण्डको टावर नं ४६–४७ बीच रुख ढल्दा प्रसारण लाइनको कन्डक्टरमा क्षति पुगेको छ । मर्मतका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको छ भने ‘स्ट्रिङिङ’ कार्य सुरु गरिएको प्राधिकरणले जनाएको छ ।
आइतबार दिउँसो आएको हुरीका कारण विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएपछि सोमबार बिहानसम्म सेवा सहज बनाउने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य