जलविद्युत् कम्पनीका आईपीओ निष्काशन रोक्नु दु:खद : कुलमान
जलसरोकार
६ फागुन : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत आयोजनाको आईपीओ रोकिनु दु:खद भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले आयोजनाको ‘जलविद्युत् आयोजना : लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अनुतरक्रिया कार्यक्रममा बोल्दै घिसिङले सर्वसाधरणको लगानीबाटै जलविद्युत् क्षेत्रको विकास संभाव भएको बताएका छन् ।
हाल नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रका १२ हजार मेगावाटका आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पिपिए) गरेको घिसिङले बताए । उनले नेपालको विद्युत उत्पादन क्षमता ३५ सय मेगावाट पुगे पनि मौसम परिवर्तनले पानीको बहाब घट्दा हिउँदमा ११ सय मेगावाट हाराहारी मात्रै उत्पादन भइरहेको पनि बताए ।
२८ हजार ५ सय मेगावाट विद्युत् पुर्याउनको लागि विद्युत प्राधिकरण त्यो भन्दा २० प्रतिशत थप पिपिए खोल्ने पक्षमा रहेको घिसिङले बताए।
हाल पिपिए भएका सबै परियोजना विविध कारणले निर्माणको चरणमा जान नसकेकाले पनि प्राधिकरणले थप पीपीए खोली नहालेको उनको भनाई थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्