सेयर बजारमा उतारचढाव, नेप्स ३८ अंकले घट्दा कारोबार ८ अर्ब नाघ्यो
जलसरोकार
काठमाडौं: बिहीबार सेयर बजारमा व्यापक गिरावट आएको छ । अघिल्लो दिन २८१९ अंकमा बन्द भएको नेप्से परिसूचक ३८.१० अंकले घट्दै २७८१ मा झरेको हो । बजार सुरुवातमा २८ सयमाथि रहे पनि दिनको दोस्रो सत्रतर्फ लगातार दबाबमा रह्यो ।
बजार ओरालो लागे पनि कारोबार रकम भने उच्च रह्यो । अघिल्लो दिनको ७ अर्ब ६८ करोड रुपैयाँभन्दा बढेर बिहीबार ८ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ । २४ कम्पनी लाभमा रहे पनि २२७ कम्पनीको मूल्यमा गिरावट आयो ।
क्षेत्रगत सूचकमा विकास बैंक समूह २.३८ प्रतिशतले घट्दै सबैभन्दा प्रभावित रह्यो । त्यसपछि फाइनान्स १.९७, उत्पादन तथा प्रशोधन १.७०, लगानी १.५८, जीवन बीमा १.६५, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर १.४४, माइक्रोफाइनान्स १.४०, व्यापार १.२६ र बैंकिङ समूह ०.८७ प्रतिशतले घटे । निर्जीवन बीमा समूह मात्र ०.०१ प्रतिशतले हरियो देखियो ।
कम्पनीगत स्तरमा विकास हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो । मैलुङखोला जलविद्युत्, थ्रीस्टार हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स र पिपुल्स पावर पनि बढ्ने सूचिमा रहे ।
यद्यपि ओरियन्टल होटल ४.७१ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बन्यो । लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिक्लेस हाइड्रोपावर र जनउत्थान लघुवित्त पनि उच्च घट्ने सूचीमा परे ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र युनाइटेड मोदी हाइड्रोपावर शीर्ष पाँचमा परेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?