लगातार ६ दिनदेखि सेयर बजार उकालो, नेप्से २९८० अंक नजिक


काठमाडौं,: नेपाली सेयर बजार लगातार छैटौं दिन बढ्दै बुधबार पनि हरियालीमै टुंगिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५.१७ अंकले बढेर २,९८० अंकमा पुगेको हो ।
दिनभर उतारचढावपूर्ण रहेको बजार कारोबार अवधिको अन्त्यतिर सुधारिएको देखिन्छ। आज दिउँसो २ः१० बजे बजार २,९५१ अंकमा झरेको थियो । त्यसपछि खरिद चापले बलियो साथ दिँदै बजार पुनः उकालो लागेर अन्ततः २,९७८ अंकमा पुगेर बन्द भएको हो ।
तर कारोबार रकम भने सामान्य रूपमा घटेको छ। अघिल्लो दिन २० अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा आज १९ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
बजार वृद्धिमा फाइनान्स समूहको प्रमुख भूमिका रह्यो। सो समूह ३.२३ प्रतिशतले उकालो लाग्दा हाइड्रोपावर ०.८८, लगानी ०.९०, उत्पादन तथा प्रशोधन ०.४०, अन्य १.४४ र व्यापार समूह ०.३१ प्रतिशतले बढेका छन् ।
तर होटल तथा पर्यटन समूह १.१० प्रतिशतले ओरालो लाग्दै सबैभन्दा बढी घटेको समूह बन्यो। त्यस्तै बैंकिङ ०.२५, विकास बैंक ०.९२, जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.७२ तथा निर्जीवन बीमा ०.६१ प्रतिशतले घटे ।
आज दुई नयाँ कम्पनी—ट्रेड टावर र सान्भी इनर्जी को मूल्य १० प्रतिशतले बढेर क्रमशः ५८९.३० र ५२५.४० रुपैयाँमा पुगेका छन् ।
त्यस्तै ग्रीन भेन्चर्स को मूल्य ९.४, लिबर्टी इनर्जी को ७.०८ र बेस्ट फाइनान्स को ५.९७ प्रतिशतले बढेका छन् ।
दोस्रो पक्षमा, भूगोल इनर्जी को मूल्य ५.३२, ग्रिन डेभलपमेन्ट बैंक को ४.२६, अभियान लघुवित्त को ४.१३ र आरएसडीसी लघुवित्त को ४.१० प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, निफ्रा, बुटवल पावर र नेपाल पुनर्बीमा कम्पनी परेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
लगातार आठौं दिन सेयर बजारमा हरियाली, नेप्से २९८२ अंकमा
-
तराई–मधेसको खानेपानी समस्या समाधान गर्न जनशक्ति परिचालन गर्न निर्देशन
-
महाकाली सिचाँइ तेस्रो चरण : नहर बन्यो पानी आएन
-
बाढीले सयौं रोपनीमा लगाइएको धानबालीमा क्षति
-
नेपालको आर्थिक कूटनीतिमा मानार्थ वाणिज्यदूतहरूको भूमिका महत्वपूर्ण : ढकाल
-
आगामी २४ घण्टामा देशका केही भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह