लगातार ६ दिनदेखि सेयर बजार उकालो, नेप्से २९८० अंक नजिक
जलसरोकार
काठमाडौं,: नेपाली सेयर बजार लगातार छैटौं दिन बढ्दै बुधबार पनि हरियालीमै टुंगिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५.१७ अंकले बढेर २,९८० अंकमा पुगेको हो ।
दिनभर उतारचढावपूर्ण रहेको बजार कारोबार अवधिको अन्त्यतिर सुधारिएको देखिन्छ। आज दिउँसो २ः१० बजे बजार २,९५१ अंकमा झरेको थियो । त्यसपछि खरिद चापले बलियो साथ दिँदै बजार पुनः उकालो लागेर अन्ततः २,९७८ अंकमा पुगेर बन्द भएको हो ।
तर कारोबार रकम भने सामान्य रूपमा घटेको छ। अघिल्लो दिन २० अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा आज १९ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
बजार वृद्धिमा फाइनान्स समूहको प्रमुख भूमिका रह्यो। सो समूह ३.२३ प्रतिशतले उकालो लाग्दा हाइड्रोपावर ०.८८, लगानी ०.९०, उत्पादन तथा प्रशोधन ०.४०, अन्य १.४४ र व्यापार समूह ०.३१ प्रतिशतले बढेका छन् ।
तर होटल तथा पर्यटन समूह १.१० प्रतिशतले ओरालो लाग्दै सबैभन्दा बढी घटेको समूह बन्यो। त्यस्तै बैंकिङ ०.२५, विकास बैंक ०.९२, जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.७२ तथा निर्जीवन बीमा ०.६१ प्रतिशतले घटे ।
आज दुई नयाँ कम्पनी—ट्रेड टावर र सान्भी इनर्जी को मूल्य १० प्रतिशतले बढेर क्रमशः ५८९.३० र ५२५.४० रुपैयाँमा पुगेका छन् ।
त्यस्तै ग्रीन भेन्चर्स को मूल्य ९.४, लिबर्टी इनर्जी को ७.०८ र बेस्ट फाइनान्स को ५.९७ प्रतिशतले बढेका छन् ।
दोस्रो पक्षमा, भूगोल इनर्जी को मूल्य ५.३२, ग्रिन डेभलपमेन्ट बैंक को ४.२६, अभियान लघुवित्त को ४.१३ र आरएसडीसी लघुवित्त को ४.१० प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, निफ्रा, बुटवल पावर र नेपाल पुनर्बीमा कम्पनी परेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, बिहीबार ८.९७ अंकले उकालो
-
चालु खर्च नियन्त्रणमा सरकारको जोड, संघीय खर्च ८.२१ प्रतिशतमा सीमित
-
राष्ट्रिय गौरवका आयोजनामा बजेट खर्च न्यून, प्रगति सन्तोषजनक
-
एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको काम सुचारु
-
वाणिज्य बैंकहरूले फागुनका लागि नयाँ ब्याजदर सार्वजनिक गरे, कुन बैंकको ब्याजदर कति ?
-
मन्दाकिनी हाइड्रोपावरको नाफा सामान्य वृद्धि, छ महिनमा ७ करोड ३१ लाख रुपैयाँको विद्युत् बिक्री