दोहोरो अङ्कले बढ्यो सेयर बजार
जलसरोकार
काठमाडौं : मंगलबार सेयर बजार परिसूचक नेप्से १८ दशमलव ३७ अंकले बढेर २६१९ विन्दुमा पुगेको छ । कारोबार बन्द हुँदाको यो विन्दु नै दिनभरको उच्चतम स्तर हो । बजार खुलेदेखि नै नेप्से लगातार हरियो रह्यो ।
कारोबार भएका कम्पनीमध्ये १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको घटेको र ११ कम्पनीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ ।
व्यापार समूहबाहेक सबै समूहका सूचक बढेका छन् । व्यापार समूह ०.०१ प्रतिशतले घट्दा बैंकिङ ०.३५, विकास बैंक १.५६, फाइनान्स ०.४१, होटल तथा पर्यटन १.४९, जलविद्युत् ०.७७, लगानी ०.६८, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.८६, निर्जीवन बीमा ०.८९ तथा अन्य समूह १.१५ प्रतिशतले बढेका छन् ।
यस दिन तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सर्किट ब्रेक लाग्ने कम्पनीमा स्वस्तिक लघुवित्त, एसवाई प्यानल र नारायणी डेभलपमेन्ट बैंक रहेका छन् । त्यस्तै बाराही हाइड्रोपावरको सेयर मूल्य ७.०४ प्रतिशत र लुम्बिनी विकास बैंकको ५.८१ प्रतिशतले बढेको छ ।
स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.१६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा ङादी ग्रुप, लुम्बिनी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र राधि विद्युत् शीर्ष पाँच कम्पनीमा परेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य