सेयर बजार ३४.२२ अंकले वृद्धि, कारोबार रकम ७ अर्ब
जलसरोकार
काठमाडौं: बिहीबार सेयर बजार उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा ३४.२२ अंकले वृद्धि भई नेप्से सूचक २६००.३८ अंकमा पुगेको छ ।
आज कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । अघिल्लो दिन ५ अर्ब ४५ करोडको कारोबार भएकोमा बिहीबार ७ अर्ब ५१ करोड रुपैयाँको कारोबार भयो । यसमा हिमालयन बैंकको संस्थापक सेयर मात्र १ अर्ब ६६ करोडको कारोबार भएकाले कुल कारोबार रकम उच्च भएको हो ।
आज २१६ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो र ५ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत रूपमा हाइड्रोपावर समूह सबैभन्दा धेरै २.६७ प्रतिशतले बढ्यो। बैंकिङ ०.३३, विकास बैंक १.२३, फाइनान्स १.६०, होटल तथा पर्यटन ०.७५, लगानी १.३५, जीवन बीमा १.८०, उत्पादन तथा प्रशोधन १.७४, माइक्रोफाइनान्स १.६०, निर्जीवन बीमा १.७५, अन्य १.०६ तथा व्यापार समूह ०.८८ प्रतिशतले बढे।
कम्पनीगत रूपमा गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। त्यसैगरी सुपर मादी हाइड्रोपावर ९.५४, गणपति लघुवित्त ९.४६ र पिपुल्स हाइड्रोपावर ९.०८ प्रतिशतले बढेका छन्।
तर, आशा लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.७९ प्रतिशतले घट्यो। उपकार लघुवित्त ३.९६ र हिमालयन पावर पार्टनर ३.७५ प्रतिशतले घटेका छन्।
आज सबैभन्दा बढी कारोबार भएका पाँच कम्पनीमा हिमालयन बैंक संस्थापक, राधि विद्युत्, नेपाल पुनर्बीमा, साहस ऊर्जा र बुटवल पावर कम्पनी रहेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजनाको काम ९० प्रतिशत सकियो, मार्चमा परीक्षण उत्पादनको तयारी
-
ठेक्का तोडिएका सडक–पुल योजनामा तत्काल नयाँ टेण्डर प्रक्रिया अघि बढाउन मन्त्री घिसिङको निर्देशन
-
देशभर आंशिक बदली, तराई र उपत्यकामा हुस्सु/कुहिरो
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ