सेयर बजार ३४.२२ अंकले वृद्धि, कारोबार रकम ७ अर्ब
जलसरोकार
काठमाडौं: बिहीबार सेयर बजार उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा ३४.२२ अंकले वृद्धि भई नेप्से सूचक २६००.३८ अंकमा पुगेको छ ।
आज कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । अघिल्लो दिन ५ अर्ब ४५ करोडको कारोबार भएकोमा बिहीबार ७ अर्ब ५१ करोड रुपैयाँको कारोबार भयो । यसमा हिमालयन बैंकको संस्थापक सेयर मात्र १ अर्ब ६६ करोडको कारोबार भएकाले कुल कारोबार रकम उच्च भएको हो ।
आज २१६ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो र ५ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत रूपमा हाइड्रोपावर समूह सबैभन्दा धेरै २.६७ प्रतिशतले बढ्यो। बैंकिङ ०.३३, विकास बैंक १.२३, फाइनान्स १.६०, होटल तथा पर्यटन ०.७५, लगानी १.३५, जीवन बीमा १.८०, उत्पादन तथा प्रशोधन १.७४, माइक्रोफाइनान्स १.६०, निर्जीवन बीमा १.७५, अन्य १.०६ तथा व्यापार समूह ०.८८ प्रतिशतले बढे।
कम्पनीगत रूपमा गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। त्यसैगरी सुपर मादी हाइड्रोपावर ९.५४, गणपति लघुवित्त ९.४६ र पिपुल्स हाइड्रोपावर ९.०८ प्रतिशतले बढेका छन्।
तर, आशा लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.७९ प्रतिशतले घट्यो। उपकार लघुवित्त ३.९६ र हिमालयन पावर पार्टनर ३.७५ प्रतिशतले घटेका छन्।
आज सबैभन्दा बढी कारोबार भएका पाँच कम्पनीमा हिमालयन बैंक संस्थापक, राधि विद्युत्, नेपाल पुनर्बीमा, साहस ऊर्जा र बुटवल पावर कम्पनी रहेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य