चार दिनपछि बढ्यो सेयर बजार


काठमाडौं: अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार बिहीबार सम्हालिएको छ । यस दिन बजार २.०७ अंक बढ्यो ।
उक्त अंकको वृद्धिपछि नेप्से परिसूचक २६५८ मा कायम भएको छ । कारोबार रकम ३० करोड बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८७ करोडको भयो ।
कुल ८३ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने एउटाको स्थिर रह्यो । लगानी समूह सबैभन्दा धेरै २.४ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.२२, व्यापार ०.३९ र बैंकिङ ०.०३ प्रतिशत बढे ।
विकास बैंक ०.७६, फाइनान्स ०.८३, होटल तथा पर्यटन १.१६, जीवन बीमा ०.३२, उत्पादन ०.१७, माइक्रोफाइनान्स ०.४६, निर्जीवन बीमा ०.२८ र अन्य समूह ०.१३ प्रतिशत घटे ।
दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै ङादी ग्रुप, विन नेपाल लघुवित्त र युनिभर्सल पावरको मूल्य ७ प्रतिशत बढ्यो ।
नेपाल हाइड्रो डेभलपर्सको ७.१२ प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको ४.८५ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको ४.२० प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, युनिभर्सल पावर र एचआईडीसीएल क्रमशः अगाडि रहे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक