सेयर बजार १२ अंकले बढ्यो, कारोबार रकम घट्यो
जलसरोकार
काठमाडौं: सोमबार सेयर बजार १२.०३ अंकले बढ्दै २७६१.८६ अंकमा पुगेको छ । दिनभर सामान्य उतारचढावमा रहेको बजार ११ः४१ बजेतिर २७४१ अंकसम्म झरेको थियो, जुन आजको न्यूनतम विन्दु रह्यो । त्यसपछि क्रमशः सुधार हुँदै २ बजेपछिदेखि बजार उकालो लागेको हो ।
तर कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ६ करोडको कारोबार भए पनि सोमबार ५ अर्ब १० करोडमै सीमित भयो ।
बजार वृद्धिमा बैंकिङ समूहको भूमिका प्रमुख रह्यो । बैंकिङ १.५० प्रतिशतले बढ्यो । त्यसैगरी विकास बैंक ०.५२, फाइनान्स ०.१४, होटल तथा पर्यटन ०.४३, हाइड्रोपावर ०.०८, लगानी ०.१८, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.२७ र निर्जीवन बीमा ०.३० प्रतिशत बढे । जीवन बीमा स्थिर रह्यो भने व्यापार ०.८५ र अन्य ०.०३ प्रतिशतले घटे ।
हिमस्टार ऊर्जाको सेयर मूल्य ६.०७ प्रतिशतले बढ्दै प्रतिकित्ता २६७.५० रुपैयाँ पुगेको छ । त्यस्तै स्टान्डर्ड चार्टर्ड बैंक ४.०८, सिद्धार्थ बैंक ३.२८ र महिला लघुवित्त ३.२१ प्रतिशतले बढे ।
उन्नति सहकार्य लघुवित्त ७.६८ प्रतिशतले घट्दै सबैभन्दा कमजोर रह्यो । विकास हाइड्रोपावर ४.८८, पियोर इनर्जी ४.७१, पिपुल्स पावर ३.६५ र नारायणी डेभलपमेन्ट बैंक ३.३४ प्रतिशतले घटे ।
नेपाल रिइन्स्योरेन्स, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र कुमारी बैंक सोमबार धेरै कारोबार भएका कम्पनीमा परे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य