सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सेयर बजार फेरि २६ सयभन्दा तल, नेप्से २५९५ अंकमा कायम

जलसरोकार
मंगलबार, कात्तिक १८, २०८२ | १५:२२:३५ बजे

 

काठमाडौँ: लगातार ओरालो लागिरहेको सेयर बजार मंगलबार फेरि २६ सय अंकभन्दा तल झरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज बजार परिसूचक अघिल्लो दिनको तुलनामा २७.६४ अंकले घट्दै २५९५ अंकमा कायम भएको छ ।

मंगलबार कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ६ अर्ब ५ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब १५ करोड रुपैयाँमा सीमित रह्यो । बजारमा ३३ कम्पनीको मूल्य बढ्दा २१३ कम्पनीको घट्यो भने ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज सबै समूहका सूचक घटेका छन्। सबैभन्दा बढी फाइनान्स समूह २.२१ प्रतिशतले घटेको छ । त्यसपछि विकास बैंक १.४७, अन्य १.८१, जीवन बीमा १.४४, हाइड्रोपावर र निर्जीवन बीमा समान १.२१, उत्पादन तथा प्रशोधन ०.९१, होटल तथा पर्यटन ०.९३, लगानी ०.८७, माइक्रोफाइनान्स ०.७५, बैंकिङ ०.६६ र व्यापार समूह ०.११ प्रतिशतले घटेका छन् ।

आजबाट कारोबार सुरु गरेको माबिलुङ इनर्जी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढ्दै ३४९.४० रुपैयाँमा पुगेको छ । त्यस्तै फस्र्ट माइक्रोफाइनान्स लघुवित्त ९.२० प्रतिशतले, विन्ध्यबासिनी हाइड्रोपावर ६.३८ प्रतिशतले, सम्पदा लघुवित्त ५.५४ प्रतिशतले र अभियान लघुवित्त ५.०१ प्रतिशतले बढेका छन् ।

मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्दै सबैभन्दा धेरै ओरालो लागेको छ । त्यस्तै एक्सल डेभलपमेन्ट बैंक ७.०९ प्रतिशतले र पञ्चकन्या माइ हाइड्रोपावर ५.३१ प्रतिशतले घटेका छन् ।

रकमका आधारमा आज धेरै कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, राधि विद्युत कम्पनी, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी र शिवम् सिमेन्ट रहेका छन् ।

बजार विश्लेषकका अनुसार पछिल्ला दिनमा ब्याजदर, तरलता र लाभांश वितरणसँग सम्बन्धित अनिश्चितताका कारण लगानीकर्तामा सतर्कता देखिएको छ । उनीहरूको भनाइमा आगामी दिनमा वित्तीय सूचक सुधारिए बजार फेरि उकालो लाग्न सक्ने सम्भावना छ ।

प्रकाशित मिति : मंगलबार, कात्तिक १८, २०८२ | १५:२२:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया