सेयर बजार फेरि २६ सयभन्दा तल, नेप्से २५९५ अंकमा कायम
जलसरोकार
काठमाडौँ: लगातार ओरालो लागिरहेको सेयर बजार मंगलबार फेरि २६ सय अंकभन्दा तल झरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज बजार परिसूचक अघिल्लो दिनको तुलनामा २७.६४ अंकले घट्दै २५९५ अंकमा कायम भएको छ ।
मंगलबार कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ६ अर्ब ५ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब १५ करोड रुपैयाँमा सीमित रह्यो । बजारमा ३३ कम्पनीको मूल्य बढ्दा २१३ कम्पनीको घट्यो भने ३ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज सबै समूहका सूचक घटेका छन्। सबैभन्दा बढी फाइनान्स समूह २.२१ प्रतिशतले घटेको छ । त्यसपछि विकास बैंक १.४७, अन्य १.८१, जीवन बीमा १.४४, हाइड्रोपावर र निर्जीवन बीमा समान १.२१, उत्पादन तथा प्रशोधन ०.९१, होटल तथा पर्यटन ०.९३, लगानी ०.८७, माइक्रोफाइनान्स ०.७५, बैंकिङ ०.६६ र व्यापार समूह ०.११ प्रतिशतले घटेका छन् ।
आजबाट कारोबार सुरु गरेको माबिलुङ इनर्जी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढ्दै ३४९.४० रुपैयाँमा पुगेको छ । त्यस्तै फस्र्ट माइक्रोफाइनान्स लघुवित्त ९.२० प्रतिशतले, विन्ध्यबासिनी हाइड्रोपावर ६.३८ प्रतिशतले, सम्पदा लघुवित्त ५.५४ प्रतिशतले र अभियान लघुवित्त ५.०१ प्रतिशतले बढेका छन् ।
मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्दै सबैभन्दा धेरै ओरालो लागेको छ । त्यस्तै एक्सल डेभलपमेन्ट बैंक ७.०९ प्रतिशतले र पञ्चकन्या माइ हाइड्रोपावर ५.३१ प्रतिशतले घटेका छन् ।
रकमका आधारमा आज धेरै कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, राधि विद्युत कम्पनी, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी र शिवम् सिमेन्ट रहेका छन् ।
बजार विश्लेषकका अनुसार पछिल्ला दिनमा ब्याजदर, तरलता र लाभांश वितरणसँग सम्बन्धित अनिश्चितताका कारण लगानीकर्तामा सतर्कता देखिएको छ । उनीहरूको भनाइमा आगामी दिनमा वित्तीय सूचक सुधारिए बजार फेरि उकालो लाग्न सक्ने सम्भावना छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा