सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सेयर बजारमा ११ अंक गिरावट, कारोबार ५ अर्ब नाघ्यो

जलसरोकार
बिहीबार, कात्तिक २०, २०८२ | १५:५७:२५ बजे

 

काठमाडौं,: बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा ११.२९ अंकले घट्दै २५९६ अंकमा झरेको छ ।

तर, कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएकोमा आज कारोबार रकम बढेर ५ अर्ब ४१ करोड रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आज ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घट्यो र ९ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहका सूचकहरूमा उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

क्षेत्रगत सूचकहरूमा बैंकिङ समूह ०.४३ प्रतिशत, विकास बैंक ०.५४, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.२५, जलविद्युत् ०.६८, लगानी ०.११, जीवन बीमा ०.५७, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.९९, अन्य ०.६२ र व्यापार समूह ०.२१ प्रतिशतले घटे ।

उत्पादन तथा प्रशोधन समूह भने ०.१२ प्रतिशतले बढ्यो ।

नयाँ सूचीकृत दरामखोला हाइड्रोपावर र माबिलुङ इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढ्दै क्रमशः प्रतिकित्ता ४४२.४० र ४२२.७० रुपैयाँमा पुगे । त्यस्तै, उपकार लघुवित्त ८.१५, उन्नति सहकार्य लघुवित्त ८.११ र मानुषी लघुवित्त ७.९७ प्रतिशतले बढे ।

सम्पदा लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो भने पिपुल्स पावर ४.३७ र मोदी इनर्जी ३.०७ प्रतिशतले ओरालो लागे ।

रकमका आधारमा आज सबैभन्दा बढी कारोबार भएका पाँच कम्पनीमा शिवम् सिमेन्ट, राधि विद्युत्, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र युनियन हाइड्रोपावर रहेका छन् ।

प्रकाशित मिति : बिहीबार, कात्तिक २०, २०८२ | १५:५७:२५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया