दोहोरो अङ्कले घट्यो सेयर बजार, कारोबार रकम पाँच अर्ब नाघ्यो
जलसरोकार
काठमाडौं : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । सोमबार नेप्से परिसूचक १० दशमलव २९ अङ्कले ओरालो लाग्दै २ हजार ६१० दशमलव ६३ बिन्दुमा झरेको हो ।
नेप्सेका अनुसार आज ३२३ कम्पनीका एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा होटल तथा पर्यटन समूह (०.६२ प्रतिशत), उत्पादन तथा प्रशोधन (१.०४ प्रतिशत) र व्यापार समूह (०.३४ प्रतिशत) बढेका छन् । तर बैंकिङ (०.१४), विकास बैंक (०.८०), वित्त (०.१३), जलविद्युत (०.४९), लगानी (०.३२), जीवन बीमा (०.८८), लघुवित्त (०.३२), म्युचुअल फन्ड (०.२९), निर्जीवन बीमा (०.८६) र अन्य समूह (१.६९ प्रतिशत) घटेका छन् ।
आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमा देखिएको छ, जसको मूल्य ४.३२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल लिमिटेडको सबैभन्दा धेरै रु ३० करोड ६५ लाख ८५ हजार ७६ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा एनआईसी एसिया बैंक लिमिटेड अग्रस्थानमा रहँदै छ लाख ३४ हजार ७४९ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य