सेयर बजार पुनः ओरालो, कारोबार रकम पनि घट्दै
जलसरोकार
काठमाडौं: अघिल्लो दिन करिब ४८ अंकले घटेको सेयर बजार बिहीबार फेरि ३१.५० अंकले ओरालो लाग्दै २९२२ अंकमा कायम भएको छ । आजको बजार दिनभर उतारचढावपूर्ण रह्यो। नेप्से सूचक दिनको उच्च विन्दु २९६७ अंकसम्म पुगेको भए पनि बजार बन्द हुने बेलासम्म त्यो नै न्यूनतम विन्दु बन्न पुग्यो ।
बजारको परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । अघिल्लो दिन १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा आजको कारोबार १५ अर्ब ९८ करोड रुपैयाँमा सीमित रह्यो । बजारमा ५२ कम्पनीको मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको छ ।
बजारमा फाइनान्स समूहबाहेक सबै सूचक ऋणात्मक रहे। फाइनान्स समूह १.१८ प्रतिशतले उकालो लाग्दा सबैभन्दा धेरै व्यापार समूह २.४४ प्रतिशतले घट्यो । त्यसैगरी बैंकिङ १.४४, विकास बैंक ०.४७, होटल तथा पर्यटन ०.९९, हाइड्रोपावर १.१५, लगानी १.३२, जीवन बीमा १.२९, उत्पादन तथा प्रशोधन १.१४, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा ०.७० र अन्य समूह ०.३० प्रतिशतले घटेका छन् ।
आज तीन कम्पनी — ट्रेड टावर, नेपाल फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंक — को मूल्य १० प्रतिशतले वृद्धि भयो । ग्रिन डेभलपमेन्ट बैंक ९.९, सप्तकोशी विकास बैंक ९.८६, सिन्धु विकास बैंक ६.७४, र सान्भी इनर्जी ५.३९ प्रतिशतले बढे। उता, भूगोल इनर्जी ७.१०, माइखोला हाइड्रोपावर ५.७० र अपरसोलु हाइड्रो इलेक्ट्रिक ४.९४ प्रतिशतले घटे ।
आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र लुम्बिनी विकास बैंक रहेका छन्।
यसैबीच, जोशी हाइड्रोपावरको हकप्रद सेयर आजदेखि खुलेको छ। साथै, नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय लिएको छ। बीमा समिति अन्तर्गतका पुनर्बीमा कम्पनीहरूले आगामी माघ मसान्तसम्म न्यूनतम चुक्ता पूँजी २० अर्ब रुपैयाँ पु¥याउनुपर्ने प्रस्तावअनुसार नेपाल पुनर्बीमाले उक्त निर्णय लिएको हो।
हालको बजार परिदृश्यमा लगानीकर्ताहरू अलिकति सतर्क देखिएका छन्। लगातारको गिरावटसँगै सूचक २९०० अंक आसपास सीमित भएको छ भने कारोबारको प्रवाहमा पनि कमजोर उत्साह झल्किएको छ। विश्लेषकहरूका अनुसार लगानीकर्ताले नयाँ रणनीति बनाउन अझै समय पर्खनुपर्ने अवस्था देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा