सेयर बजार ११ महिनाकै उचाइमा, पूँजीकरणमा नयाँ कीर्तिमान
जलसरोकार
काठमाडौं: नेपाली सेयर बजारले सोमबार ११ महिनायता नछोएको उचाइ छोएको छ। नेप्से परिसूचक २१.७६ अंकले उकालो लागेर २८९२ विन्दुमा पुगेको हो । पछिल्लो पटक यति उच्च विन्दुमा बजार गएको समय गत वर्षको ९ भदौ थियो, जब नेप्से २८९४ अंकमा पुगेको थियो ।
बजार परिसूचक उकालो लाग्दा पनि कारोबार रकममा भने गिरावट आएको देखिएको छ। अघिल्लो दिन २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार त्यो घटेर १६ अर्ब ३२ करोडमा सीमित भयो ।
तर बजारको कुल मूल्य (मार्केट क्याप) ले नयाँ इतिहास बनाएको छ । सूचीकृत कम्पनीहरूको संयुक्त पूँजीकरण ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसअघि १८ फागुनमा कायम ४७ खर्ब ९९ अर्बको रेकर्ड नै सबैभन्दा ठूलो मानिन्थ्यो ।
कुल १५३ कम्पनीको मूल्य बढ्दा ९६ कम्पनीको सेयर घटेका छन् । विशेषतः माइक्रोफाइनान्स समूहले १.९३ प्रतिशतको दरले अग्रता लिएको छ । त्यसपछिका समूहहरूमा विकास बैंक १.४२, निर्जीवन बीमा १.२७, अन्य १.८४ प्रतिशतले उकालो लागेका छन्। बैंकिङ, हाइड्रोपावर, लगानी, व्यापारजस्ता समूहमा पनि सामान्य वृद्धि देखिएको छ ।
कम्पनीगत स्तरमा हेर्दा थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जीका सेयर मूल्य १० प्रतिशतले बढेका छन् । उन्नति सहकार्य लघुवित्त र फस्र्ट माइक्रोफाइनान्स क्रमशः ९.४० र ८.९९ प्रतिशतले बढेका छन् ।
अर्कोतर्फ, ग्रिन डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयर भने १० प्रतिशतले घटे। सिन्धु विकास बैंकको सेयरमा ६.३६ प्रतिशतको गिरावट आयो ।
कारोबारका हिसाबले नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर, फस्र्ट माइक्रोफाइनान्स र लुम्बिनी विकास बैंक अग्रपंक्तिमा रहे ।
पछिल्लो समय बजारमा आशावाद बढिरहेको छ । तर कारोबार रकममा आएको गिरावटले लगानीकर्ताको मनोबल पूर्ण रूपमा फर्किएको भन्न मिल्दैन । पूँजीकरणको नयाँ कीर्तिमानले भने बजारमा गहिरो सम्भावना र सुधारको संकेत गरेको उनीहरू बताउँछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य