सोनापुर मिनरलले बुझायो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् बक्यौता
जलसरोकार
दाङ : घोराहीस्थित सोनापुर मिनरल एण्ड आयल प्रा.लि.ले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् बक्यौता रकमको पहिलो किस्ता बुझाएको छ ।
लोडसेडिङको समयमा प्रयोग गरिएको प्रिमियम विद्युत् महसुलको बक्यौता तिरेपछि गत ७ कात्तिकमा काटिएको कम्पनीको विद्युत लाइन मंगलबार साँझ पुनः जडान गरिएको हो ।
कम्पनीले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको नेपाल विद्युत् प्राधिकरणका अनुसार जनाएको छ ।
सोनापुर मिनरलमाथि कुल २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको र उक्त रकमलाई २८ किस्तामा विभाजन गरिएको प्राधिकरणले जनाएको छ । त्यसअनुसार कम्पनीले मंगलबार ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा