सोनापुर मिनरलले बुझायो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् बक्यौता
जलसरोकार
दाङ : घोराहीस्थित सोनापुर मिनरल एण्ड आयल प्रा.लि.ले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् बक्यौता रकमको पहिलो किस्ता बुझाएको छ ।
लोडसेडिङको समयमा प्रयोग गरिएको प्रिमियम विद्युत् महसुलको बक्यौता तिरेपछि गत ७ कात्तिकमा काटिएको कम्पनीको विद्युत लाइन मंगलबार साँझ पुनः जडान गरिएको हो ।
कम्पनीले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको नेपाल विद्युत् प्राधिकरणका अनुसार जनाएको छ ।
सोनापुर मिनरलमाथि कुल २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको र उक्त रकमलाई २८ किस्तामा विभाजन गरिएको प्राधिकरणले जनाएको छ । त्यसअनुसार कम्पनीले मंगलबार ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्