सोलु हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला
जलसरोकार
काठमाडौँ : सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेपछि आजदेखि सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्कासन गर्न लागेको हो। आयोजना प्रभावित, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा म्युचुअल फन्डलाई सेयर बाँडफाँट गरेपछि बाँकी रहेको ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि आजदेखि खुला गरिएको हो ।
यस आधारमा करिब ८ लाख २० हजार आवेदकले न्यूनतम १० कित्ताका दरले सेयर पाउने सम्भावना रहेको छ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन अनलाइन प्रणाली ‘मेरोसेयर’ मार्फत दिन सकिने व्यवस्था गरिएको छ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य