प्रभावित र वैदेशिक रोजगारमा रहेकाका लागि सोलु हाइड्रोपावरले खुल्यो आईपीओ
जलसरोकार
काठमाडौं: सोलु हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि खुला भएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ जारी गरिएको हो । यी समूहका लागि भएको सेयर बाँडफाँटपछि मात्र आम सर्वसाधारणका लागि आईपीओ खुल्नेछ ।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँमध्ये २० प्रतिशत बराबरका २ करोड कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये १ करोड कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ । दुधकुन्ड नगरपालिका–७ र ११ तथा थुलुङ दुधकोशी गाउँपालिका–१ का स्थानीयका लागि ४० लाख कित्ता र सो पालिकाका अन्य वडाका स्थानीयका लागि ६० लाख कित्ता राखिएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीका लागि १० लाख कित्ता सेयर छुट्याइएको छ ।
प्रभावित समूहले न्यूनतम १० र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। प्रभावितका लागि आवेदन अवधि छिटोमा मंसिर २१ गतेसम्म र बिक्री नभए पुस ७ गतेसम्म रहनेछ । वैदेशिक रोजगारमा रहेका आवेदकका लागि छिटोमा मंसिर १० गतेसम्म र बिक्री नभए मंसिर २१ गतेसम्म आवेदन खुला रहनेछ ।
आयोजना प्रभावितले ग्लोबल आईएमई बैंक सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंक नेले शाखा तथा तल्लो सोलु जलविद्युत् आयोजना कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।
सोलु हाइड्रोपावर कम्पनीले ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजना निर्माण गरेको छ। रन–अफ–रिभर प्रकारको उक्त आयोजना सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । ब्याजसहित आयोजनाको कुल लागत १६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी २३ पैसा र नेटवर्थ १०० रुपैयाँ रहेको छ। जगेडा कोषमा १ करोड ५८ लाख रुपैयाँ छ। साधारण लगानी फिर्ता अवधि ६.७८ वर्ष रहने अनुमान गरिएको छ ।
कम्पनीले इक्रा नेपालबाट बीबी प्लस रेटिङ पाएको छ, जसले दायित्व बहन क्षमताको मध्यम स्तर जनाउँछ । कम्पनीका प्रमुख संस्थापक शेयरधनीमा गोविन्दलाल सांघाई, रामचन्द्र सांघाई, विरेन्द्रकुमार सांघाई, आदित्य सांघाई, अनुज अग्रवाल, विशाल अग्रवाल, सुभाषचन्द्र सांघाई, हर्षबर्दन सांघाई र निकुञ्ज अग्रवाललगायत छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने