सोलु हाइड्रोपावरलाई २ अर्ब रुपैयाँको आईपीओ निष्कासन अनुमति
जलसरोकार
काठमाडौँ : सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति दिएको हो ।
बोर्डले कम्पनीलाई अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँका दरले कुल २ करोड कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको छ । यसअनुसार कम्पनीले २ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्न सक्नेछ ।
कम्पनीको सेयर स्वामित्व संरचना अनुसार ८० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ भने बाँकी २० प्रतिशत सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिनेछ ।
आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटलले पाएका छन् ।
सोलु हाइड्रोपावर कम्पनीले सोलुखुम्बु जिल्लामा ८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रोपावर आयोजना निर्माण गरेको छ । आयोजना सञ्चालनमा आएपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य