सोलु हाइड्रोपावरलाई २ अर्ब रुपैयाँको आईपीओ निष्कासन अनुमति
जलसरोकार
काठमाडौँ : सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति दिएको हो ।
बोर्डले कम्पनीलाई अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँका दरले कुल २ करोड कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको छ । यसअनुसार कम्पनीले २ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्न सक्नेछ ।
कम्पनीको सेयर स्वामित्व संरचना अनुसार ८० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ भने बाँकी २० प्रतिशत सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिनेछ ।
आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटलले पाएका छन् ।
सोलु हाइड्रोपावर कम्पनीले सोलुखुम्बु जिल्लामा ८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रोपावर आयोजना निर्माण गरेको छ । आयोजना सञ्चालनमा आएपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा