मोबाइल फोन चार्ज गर्न सोलार प्यानल जडान
जलसरोकार
बागलुङ : तमानखोला गाउँपालिका–१ र २ का गुर्जाघाटबासी अब सोलार प्यानलमार्फत मोबाइल फोन चार्ज गर्न पाउने भएका छन् । गाउँपालिकाले हालै चार वटा सोलार प्यानल जडान गरी एकैपटक १५ वटा मोबाइल फोन चार्ज गर्न मिल्ने व्यवस्था मिलाएको छ।
गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरका अनुसार करिब दुई लाख रुपैयाँ लागतमा गत साता जडान गरिएको सोलार प्रणालीले लामो समयदेखि विद्युत् अभावमा रहेका स्थानीयहरूलाई राहत दिनेछ ।
गुर्जाघाटमा करिब दुई सय अस्थायी र पाँच स्थायी घरधुरी छन् । यहाँका पाँच सयभन्दा बढी जनसंख्या अहिले पनि बिजुलीविहीन छन् र रातमा धुपीको दियालोको उज्यालोमा बस्दै आएका छन् । मोबाइल चार्ज गर्नका लागि उनीहरूलाई गाउँपालिकाको केन्द्रसम्म पैदल दुई दिनको यात्रा गर्नुपथ्र्यो ।
तमानखोलाका अधिकांश नागरिक पशुपालनमा आवद्ध छन्। बर्खाको पाँच महिना उनीहरू गुर्जाघाटको लेकमै बिताउँछन् र असोज–कात्तिकमा मात्र बेसी फर्किन्छन् । गुर्जाघाट क्षेत्रमा मात्रै करिब २५ हजारभन्दा बढी भेडापालन हुने गरेको छ ।
अध्यक्ष बुढा मगरले भने, “विद्युत् पु-याउन कठिन भएकाले सोलारमार्फत मोबाइल चार्जिङको व्यवस्था गरिएको हो । यसबाट स्थानीयसँगै यहाँ आउने पर्यटक र गोठालालाई पनि सहज हुनेछ।”
ढोरपाटन शिकार आरक्ष र म्याग्दीको धौलागिरी गाउँपालिकासँग सीमाना जोडिएको गुर्जाघाटमा नेपाली सेनाको क्याम्प पनि छ। पहिले स्थानीयले त्यहीँ गएर मोबाइल चार्ज गर्नुपर्ने अवस्था थियो ।
गाउँपालिकाका कार्यपालिका सदस्य ढालेन्द्र छन्त्यालले सोलार जडानपछि सञ्चारमा सहजता आएको बताए । सोलार प्यानल स्थायी बासिन्दा लोकबहादुर छन्त्यालको घरमा जडान गरिएको छ र यसको संरक्षणको जिम्मेवारी पनि उनलाई दिइएको छ
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपालको ऊर्जा सुरक्षा : चुनौती, अवसर र आत्मनिर्भरताको मार्ग
-
वीरगञ्ज नाकाबाट दलहन आयात २२ प्रतिशतले घट्यो
-
मध्यपहाडी लोकमार्गको वैकल्पिक ‘पाखुट्टे-ढाँड’ सडक ‘ग्राभेलिङ’
-
सुन र चाँदी महँगियो, आज कतिमा हुँदैछ बजारमा खरिदबिक्री ?
-
माण्डु हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर वितरण गर्ने
-
आज पनि तराईका केही जिल्लामा तातो हावाको चेतावनी, देशभर वर्षाको सम्भावना