भरतपुरमा २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान, ‘उज्यालो सहर भरतपुर’ अभियान तीव्र
जलसरोकार
भरतपुर: भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रका २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान सम्पन्न गरेको छ । महानगरका अनुसार, मुख्य चोकमा १६ वटा ‘हाइमास्ट’ र ७५ वटा ‘मिनमास्ट’ बत्ती दुई चरणमा जडान गरिएको छ ।
महानगरले सञ्चालन गरेको ‘उज्यालो सहर भरतपुर’ अभियान अन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा राजमार्ग, भित्री सडक, सहायक राजमार्ग, पहुँच सडक, वडा सिमाना सडक तथा चहलपहल बढी हुने रणनीतिक स्थानहरूमा छ हजार बत्ती जडान गरिएको छ। दुई चरणमा सम्पन्न यो काममा रु ३५ करोड खर्च भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिए ।
महानगर प्रमुख दाहालका अनुसार, यस पहलले रात्रिकालीन सुरक्षामा सुधार ल्याउने र आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षित र उज्यालो वातावरणको अनुभूति दिलाउने लक्ष्य राखिएको छ । यससँगै शहरको सार्वजनिक पूर्वाधार र स्मार्ट शहर विकासको पहलमा थप प्रगतिशील कदम भएको बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा