भरतपुरमा २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान, ‘उज्यालो सहर भरतपुर’ अभियान तीव्र
जलसरोकार
भरतपुर: भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रका २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान सम्पन्न गरेको छ । महानगरका अनुसार, मुख्य चोकमा १६ वटा ‘हाइमास्ट’ र ७५ वटा ‘मिनमास्ट’ बत्ती दुई चरणमा जडान गरिएको छ ।
महानगरले सञ्चालन गरेको ‘उज्यालो सहर भरतपुर’ अभियान अन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा राजमार्ग, भित्री सडक, सहायक राजमार्ग, पहुँच सडक, वडा सिमाना सडक तथा चहलपहल बढी हुने रणनीतिक स्थानहरूमा छ हजार बत्ती जडान गरिएको छ। दुई चरणमा सम्पन्न यो काममा रु ३५ करोड खर्च भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिए ।
महानगर प्रमुख दाहालका अनुसार, यस पहलले रात्रिकालीन सुरक्षामा सुधार ल्याउने र आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षित र उज्यालो वातावरणको अनुभूति दिलाउने लक्ष्य राखिएको छ । यससँगै शहरको सार्वजनिक पूर्वाधार र स्मार्ट शहर विकासको पहलमा थप प्रगतिशील कदम भएको बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्