विद्युत् विकास विभागको महानिर्देशकमा पुनः सिंह
जलसरोकार
काठमाडौं : ऊर्जा मन्त्रालयले विद्युत् विकास विभागको महानिर्देशकमा मन्त्रालयमै कार्यरत सहसचिव नबिन राज सिंहलाई नियुक्त गरेको छ । सिंह यसअघि दुईपटक विभागको महानिर्देशक भइसकेका हुन् ।
सिंहले आफूले पुनः महानिर्देकको जिम्मेवारी पाएको पुष्टि गरे ।
ऊर्जा मन्त्री दीपक खड्काले मन्त्रीस्तरीय निर्णय गरी विभागका महानिर्देशक जीबछ मण्डललाई जल तथा ऊर्जा आयोग सचिवालयमा सरुवा गरेका छन् । उनी छ महिनाअघि विभागको महानिर्देशक भएका थिए ।
आयोगमा कार्यरत अर्का सहसचिव चीरञ्जीवी चटौतलाई भने मन्त्रालयको नीति महाशाखामा ल्याएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्