विद्युत् विकास विभागको महानिर्देशकमा पुनः सिंह
जलसरोकार
काठमाडौं : ऊर्जा मन्त्रालयले विद्युत् विकास विभागको महानिर्देशकमा मन्त्रालयमै कार्यरत सहसचिव नबिन राज सिंहलाई नियुक्त गरेको छ । सिंह यसअघि दुईपटक विभागको महानिर्देशक भइसकेका हुन् ।
सिंहले आफूले पुनः महानिर्देकको जिम्मेवारी पाएको पुष्टि गरे ।
ऊर्जा मन्त्री दीपक खड्काले मन्त्रीस्तरीय निर्णय गरी विभागका महानिर्देशक जीबछ मण्डललाई जल तथा ऊर्जा आयोग सचिवालयमा सरुवा गरेका छन् । उनी छ महिनाअघि विभागको महानिर्देशक भएका थिए ।
आयोगमा कार्यरत अर्का सहसचिव चीरञ्जीवी चटौतलाई भने मन्त्रालयको नीति महाशाखामा ल्याएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ