चाँदीमा नयाँ रेकर्ड, घट्यो सुनको मेल्य
जलसरोकार
काठमाडौं: सोमबार चाँदीको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २ हजार तीन सय ५५ रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढेको यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि गत साउन ७ गते र आइतबार प्रतितोला २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यता सुनको मूल्य भने ओरालो लागेको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँ कायम गरिएको छ, ।
जुन अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँले कम हो । यसअघि साउन २३ गते सुन हालसम्मकै उच्च मूल्य १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य