चाँदीमा नयाँ रेकर्ड, घट्यो सुनको मेल्य
जलसरोकार
काठमाडौं: सोमबार चाँदीको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २ हजार तीन सय ५५ रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढेको यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि गत साउन ७ गते र आइतबार प्रतितोला २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यता सुनको मूल्य भने ओरालो लागेको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँ कायम गरिएको छ, ।
जुन अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँले कम हो । यसअघि साउन २३ गते सुन हालसम्मकै उच्च मूल्य १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मन्त्री घिसिङ र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता, महाकाली सिँचाइ र प्रसारण लाइन विस्तारमा छलफल
-
सानिमा जुम खोला जलविद्युत् निर्माणस्थलमा मजदुरको मृत्यु
-
ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छ : मन्त्री घिसिङ
-
अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक
-
रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजना सम्पन्न, २४९ घरधुरीलाई घर–घरमा पानी आपूर्ति
-
मुगुका युवाबाट ऊर्जा मन्त्री कुलमान घिसिङलाई ‘झरो’ उपहार, ९५ प्रतिशत जनतामा अझै उज्यालो नपुगेको पीडा व्यक्त