शेयर बेचेर बूढीगण्डकी निर्माण गर्न सकिन्छ : सांसद बजगाइँ
जलसरोकार
काठमाडौं: नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाइँले प्रत्येक नेपालीलाई शेयर बेचेर बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न सकिने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद बजगाइँले यस्तो बताएका हुन् ।
‘अर्थमन्त्रीज्यूले स्रोत व्यवस्थापनको विकल्प खोजी भइरहेको बताउनुभयो, जनतालाई शेयर वितरण पनि उत्तम विकल्प हुन सक्छ’ उनको भनाई थियो ।
’३ करोड १५ लाख नेपालीलाई प्रतिव्यक्ति ९ हजार ८४१ रूपैयाँ शेयर वितरण गर्न सकिने परिस्थित भएपछि नेपालीहरूले राष्ट्रिय गौरवको परियोजना बनाउन सक्थ्यौं,’ उनले भने ।
यो योजना सरकारलाई सुनाइदिन पनि सांसद बजगाइँले सभामुखसँग अनुरोध गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्