चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती
जलसरोकार
रसुवा: रसुवा जिल्लामा चिसो बढ्दै जाँदा नदी तथा खोलामा पानीको सतह घटेपछि विद्युत् उत्पादन प्रभावित भएको छ । माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लिने दर कम हुनुका साथै पानी जम्न थालेकाले नदी–खोलामा पानीको बहाव घटेको र त्यसले जलविद्युत् आयोजनाको उत्पादनमा असर परेको सम्बद्ध व्यवसायीहरूले बताएका छन् ।
पछिल्ला दिनमा २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाबाट १६ मेगावाट, १४.८ मेगावाट क्षमताको अपर साङ्जेनबाट ६ मेगावाट, ४२.५ मेगावाट क्षमताको लोवर स्याङ्जेनबाट ३० मेगावाट र ७८ मेगावाट क्षमताको सालासुङ्गी जलविद्युत् आयोजनाबाट ५ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको सम्बन्धित आयोजनाले जानकारी दिएका छन् ।
सालासुङ्गी हाइड्रोपावरमा कार्यरत इञ्जिनियर राजु श्रेष्ठका अनुसार अत्यधिक चिसोका कारण खोलामा पानीको सतह घट्दा उत्पादन क्षमताभन्दा कम विद्युत् उत्पादन गर्नुपर्ने अवस्था आएको छ । उनले चैतपछि हिउँ पग्लिने दर बढ्दै जाँदा खोलामा पानीको बहाव बढ्ने र त्यसपछि आयोजनाको क्षमताअनुसार उत्पादन हुन थाल्ने बताए ।
यसैबीच, गत असारमा आएको बाढीबाट क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्र पुनःनिर्माणपछि हाल ३७ मेगावाट विद्युत् उत्पादन भइरहेको रसुवागढी जलविद्युत् कम्पनीका कार्यकारी अधिकृत सत्यराम ज्याख्वाले जानकारी दिए । स्थानीय खोलामा आएको बाढीबाट प्रभावित आयोजनाको पुनःनिर्माण कार्य पूरा भए हिउँद याममा करिब ६५ देखि ७० मेगावाटसम्म विद्युत् उत्पादन हुने बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्