सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती

जलसरोकार
आइतबार, मंसिर २८, २०८२ | १७:०२:४३ बजे

 

रसुवा: रसुवा जिल्लामा चिसो बढ्दै जाँदा नदी तथा खोलामा पानीको सतह घटेपछि विद्युत् उत्पादन प्रभावित भएको छ । माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लिने दर कम हुनुका साथै पानी जम्न थालेकाले नदी–खोलामा पानीको बहाव घटेको र त्यसले जलविद्युत् आयोजनाको उत्पादनमा असर परेको सम्बद्ध व्यवसायीहरूले बताएका छन् ।

पछिल्ला दिनमा २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाबाट १६ मेगावाट, १४.८ मेगावाट क्षमताको अपर साङ्जेनबाट ६ मेगावाट, ४२.५ मेगावाट क्षमताको लोवर स्याङ्जेनबाट ३० मेगावाट र ७८ मेगावाट क्षमताको सालासुङ्गी जलविद्युत् आयोजनाबाट ५ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको सम्बन्धित आयोजनाले जानकारी दिएका छन् ।

सालासुङ्गी हाइड्रोपावरमा कार्यरत इञ्जिनियर राजु श्रेष्ठका अनुसार अत्यधिक चिसोका कारण खोलामा पानीको सतह घट्दा उत्पादन क्षमताभन्दा कम विद्युत् उत्पादन गर्नुपर्ने अवस्था आएको छ । उनले चैतपछि हिउँ पग्लिने दर बढ्दै जाँदा खोलामा पानीको बहाव बढ्ने र त्यसपछि आयोजनाको क्षमताअनुसार उत्पादन हुन थाल्ने बताए ।

यसैबीच, गत असारमा आएको बाढीबाट क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्र पुनःनिर्माणपछि हाल ३७ मेगावाट विद्युत् उत्पादन भइरहेको रसुवागढी जलविद्युत् कम्पनीका कार्यकारी अधिकृत सत्यराम ज्याख्वाले जानकारी दिए । स्थानीय खोलामा आएको बाढीबाट प्रभावित आयोजनाको पुनःनिर्माण कार्य पूरा भए हिउँद याममा करिब ६५ देखि ७० मेगावाटसम्म विद्युत् उत्पादन हुने बताइएको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर २८, २०८२ | १७:०२:४३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया