सेवन्तक पोखरेलले लिए बीमा प्राधिकरणको अध्यक्ष पदको शपथ
जलसरोकार
काठमाडौं: अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदको शपथ लिएका छन् । उहाँले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष शपथ दिएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष तोक्ने निर्णय गरेको थियो।
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध उजुरी परेपछि मन्त्रिपरिषद्ले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ अनुसार छानबिन समिति गठन गरेको हो । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा गठित तीन सदस्यीय समितिमा जीवनप्रकाश सिटौला र कपिलदेव ओली सदस्य छन् ।
छानबिन समिति गठनसँगै ओझा स्वतः निलम्बनमा परेका छन् । समितिका सदस्यहरूले मंगलबार नियुक्तिपत्र प्राप्त गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य