सेउती, बूढी र खेसलिया खोलामा बाढीको जोखिम : जल तथा मौसम विभागको सतर्कता सूचना
जलसरोकार
काठमाडौं: जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लामा पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज बिहान सार्वजनिक गरिएको सूचनामा विभागले वर्षामापन केन्द्रहरूबाट प्राप्त ताजा तथ्याङ्कका आधारमा तीव्र वर्षा भइरहेको र मौसम प्रणाली सक्रिय रहेकाले ती खोलाहरूमा पानीको बहाव उच्च हुँदै गएकाले बाढीको सम्भावना रहेको जनाएको छ ।
आज दिउँसोसम्म खतराको अवस्था हुन सक्ने विभागको चेतावनी
विभागका अनुसार विशेषगरी आज दिउँसोसम्म ती खोलामा पानीको बहाव अझै बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्र तथा नदी किनारमा रहेका बासिन्दाले उच्च सतर्कता अपनाउनुपर्नेछ ।
इटहरीका केही क्षेत्रमा बाढी पस्यो
यसैबीच, इटहरी उपमहानगरपालिका–३, २, ६ र ७ का केही स्थानमा बाढी पसेको छ। स्थानीय निकायले बाढीको जोखिमलाई ध्यानमा राख्दै जनतालाई सुरक्षित स्थानमा रहन तथा आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न अपिल गरेको छ ।
सुरक्षा उपाय अपनाउन विभागको अनुरोध
विभागले खोलाका किनारमा जाने वा बसोबास गर्ने जनसमुदायलाई आवश्यक सतर्कता र सुरक्षाका उपायहरू अपनाउन पुनः अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै