सेउती, बूढी र खेसलिया खोलामा बाढीको जोखिम : जल तथा मौसम विभागको सतर्कता सूचना
जलसरोकार
काठमाडौं: जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लामा पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज बिहान सार्वजनिक गरिएको सूचनामा विभागले वर्षामापन केन्द्रहरूबाट प्राप्त ताजा तथ्याङ्कका आधारमा तीव्र वर्षा भइरहेको र मौसम प्रणाली सक्रिय रहेकाले ती खोलाहरूमा पानीको बहाव उच्च हुँदै गएकाले बाढीको सम्भावना रहेको जनाएको छ ।
आज दिउँसोसम्म खतराको अवस्था हुन सक्ने विभागको चेतावनी
विभागका अनुसार विशेषगरी आज दिउँसोसम्म ती खोलामा पानीको बहाव अझै बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्र तथा नदी किनारमा रहेका बासिन्दाले उच्च सतर्कता अपनाउनुपर्नेछ ।
इटहरीका केही क्षेत्रमा बाढी पस्यो
यसैबीच, इटहरी उपमहानगरपालिका–३, २, ६ र ७ का केही स्थानमा बाढी पसेको छ। स्थानीय निकायले बाढीको जोखिमलाई ध्यानमा राख्दै जनतालाई सुरक्षित स्थानमा रहन तथा आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न अपिल गरेको छ ।
सुरक्षा उपाय अपनाउन विभागको अनुरोध
विभागले खोलाका किनारमा जाने वा बसोबास गर्ने जनसमुदायलाई आवश्यक सतर्कता र सुरक्षाका उपायहरू अपनाउन पुनः अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा