संखुवासभाको इन्दुवाखोला जलविद्युतमा करिब ६ अर्ब रुपैयाँको लगानी सम्झौता
जलसरोकार
काठमाडौं: भिजन टेस्ला पावर प्रा.लिले प्रवद्र्धन गरेको इन्दुवा खोला (२४.९२१ मेगावाट) जलविद्युत् आयोजनाका लागि ५ अर्ब ७२ करोड रुपैयाँ बराबरको लगानी सम्झौता भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको अगुवाई हिमालयन बैंकले पहिलोपटक जलविद्युत्मा लगानी गरेको हो । आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब एक करोड र हिमालयन बैंकल २ अर्ब रुपैयाँ लगानी गर्नेछन् ।
आयोजनाको कुल लागत ५ अर्ब ७२ करोडमा प्रवर्द्धकहरुले ३० प्रतिशत स्वपुँजीस्वरुप एक अर्ब ७१ करोड रुपयाँ लगानी गर्नेछन् ।
लगानीसम्बन्धीमा सम्झौतामा टेस्ला पावरका अध्यक्ष राजेन्द्रप्रसाद गौतम र राष्ट्रिय वाणिज्य बैंक र हिमालयन बैंकका प्रतिनिधिहरुले हिजो साँझ होटेल मेरियटमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे ।
दैनिक ६ घण्टाको पिकिङ सुविधा हुने उक्त आयोजना संखुवासभाको मकालु गाविसमा पर्छ । हाल यसको निर्माण कार्य आरम्भ भइसकेको कम्पनीका अध्यक्ष गौतमले जानकारी दिए ।
उनका अनुसार वार्षिक १४ करोड ६६ लाख युनिट बिजुली उत्पादन गर्ने उक्त आयोजनाले पहिलो वर्ष प्रतिमेगावाट ३ करोड ७० लाख र नौ वर्षदेखि प्रतिमेगावाट ४ करोड ५९ लाख रुपैयाँ आम्दानी गर्नेछ ।
कम्पनीका अध्यक्ष गौतमले आयोजना तीन वर्षभित्र निधौरित लागत अनुमानको परिधि भित्री रही गुणस्तरीय रुपमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले यो आयोजनाका प्रवद्र्धकहरुको विगतको पृष्ठभूमि राम्रो रहेकाले आफ्नो बैंकले इन्दुवा खोला जलविद्युत् आयोजनामा लगानी गर्न साथ दिएको बताए । सीइओ राणाले आफनो बैंक यही आयोजनामा लगानी गरी जलविद्युत् क्षेत्रमा प्रवेश गरेको जानकारी दिए ।
कार्यक्रममा पूर्व मुख्य सचिव डा विमल कोइरालाले नेपालमा तुलनात्मक लाभको क्षेत्र जलविद्युत् भएकाले आफूले यो क्षेत्रलाई अगाडि बढाउन वकालत गर्दै आएको स्मरण गरे । एक मेगावाटदेखि सुरु भएको निजी क्षेत्र आज नेपाल विद्युत् प्राधिकरणको भन्दा बढी विद्युत् उत्पादन गर्न सफल रहेको चर्चा डा. कोइरालाले गरे ।
उनले जलविद्युतमा सरकारी प्रक्रिया निकै लामो भएको र विभिन्न सकस खपेर पनि निजी क्षेत्र अघि बढेको उल्लेख गर्दै भने, ‘तीन वर्ष लाग्ने सरकारी प्रक्रिया छोट्याउनुपर्छ, प्रवद्र्धकहरुलाई दुख दिने काम गर्नु हुँदैन । त्यसअनुसार नै नयाँ नीति बनाउँदै जानु जरुरी छ ।’
डा. कोइरालाले सरकारले यो क्षेत्रका समस्ष्या समाधान गर्न प्रयास गरिरहेको भए पनि त्यो पर्याप्त नभएको बताए । उनले विद्युत् ऐनमा अनुमति पत्रको अवधि ५० वर्ष तोकिए पनि कार्यविधिमा ३५ वर्ष राखिएकाले त्यसलाई ऐनबमोजिम गरेमात्र लगानीकर्ताको विश्वास बढ्ने बताए ।
कम्पनीको सञ्चालक समितिमा मुख्य लगानीकर्तका रुपमा ऊर्जा उद्यमी विक्रम बिष्ट विजय विष्ट र रमेश गौतम छन् । उक्त आयोजनामा ऊर्जा क्षेत्रका लब्ध-प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सीइओ देवेन्द्ररमण खनाल पनि सहभागी थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट
-
सान्भी इनर्जी घाटामा, उत्पादन ठप्प हुँदा आम्दानी घट्यो
-
संखुवासभाको इन्दुवाखोला जलविद्युतमा करिब ६ अर्ब रुपैयाँको लगानी सम्झौता
-
ऊर्जा मन्त्रालयको नेतृत्व सम्हाल्दै विराजभक्त श्रेष्ठ
-
सुन र चाँदीको मूल्य घट्ने क्रम जारी : आज सुन ४ हजार ६०० ले घट्दा चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार
-
तनहुँ जलविद्युत् आयोजनामा प्रगति बढ्दै, प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु