सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

साहस ऊर्जा लिमिटेडको १२औँ साधारण सभा सम्पन्न : २१ प्रतिशत बोनस, १.१०५३ प्रतिशत नगद लाभांश र १:१ हकप्रद प्रस्ताव पारित

जलसरोकार
बिहीबार, मंसिर २५, २०८२ | १२:१८:५० बजे

साहस ऊर्जा लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा कम्पनीका अध्यक्ष हिम पाठकले सेयरधनीहरूलाई २१ प्रतिशत बोनस शेयर तथा १.१०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्दै यसको अनुमोदन गराए।

यसैगरी, कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने महत्त्वपूर्ण प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ।

सभाको मन्तव्यमा अध्यक्ष पाठकले कम्पनीलाई अघि बढाउन निरन्तर साथ दिएको सेयरधनी, नियामक, वित्तीय संस्था, परियोजना टोली तथा स्थानीय सरोकारवालाप्रति कृतज्ञता व्यक्त गरे।

उनले भने, ‘२१% बोनस, १.१०५३% नगद लाभांश तथा १:१ हकप्रद जारी गर्ने निर्णयले कम्पनीको वित्तीय आधार बलियो बनाएको छ। हामीलाई समर्थन गर्ने सम्पूर्ण सहयोगीहरूमा हार्दिक धन्यवाद।’

पाठकको नेतृत्वमा निर्माण भई सञ्चालनमा आएको यो आयोजना अहिले साहस ऊर्जाको स्थिर आम्दानीको मुख्य आधार बनेको छ।

अध्यक्ष हिम पाठकको सबैभन्दा महत्वपूर्ण उपलब्धिमा निजी क्षेत्रबाटै अगाडि बढिरहेको देशको सबैभन्दा ठूलो ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना पर्छ।

  • पाठकले यो आयोजनाका लागि आवश्यक वित्तीय व्यवस्थापन सफलतापूर्वक पूरा गरेका छन्।
  • परियोजनाको निर्माण कार्य आरम्भ भइसकेको छ।
  • पहिलेदेखि नै ‘राष्ट्रिय प्राथमिकताका ठूला आयोजना निजी क्षेत्रमै सफलतापूर्वक अघि बढाउन सकिन्छ’ भन्ने उदाहरण उनले पेश गरेका छन्।

बूढीगण्डकी जस्तो चुनौतीपूर्ण आयोजना निजी क्षेत्रको नेतृत्वमा अगाडि बढ्नु नेपालकै ऊर्जा क्षेत्रको ठूलो मैल का पत्थर मानिएको छ, जहाँ पाठकको भूमिका निर्णायक रहेको छ।

हकप्रद किन ? — कम्पनीकाे आगामी योजना

१:१ हकप्रद ल्याउने निर्णयले पूँजी संरचना बलियो बनाउने, नयाँ परियोजनामा लगानी सहज गर्ने, दीर्घकालीन विस्तार रणनीतिलाई गतिशीलता दिने उद्देश्य रहेकाे हुन्छ ।

प्रकाशित मिति : बिहीबार, मंसिर २५, २०८२ | १२:१८:५० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया