साहस ऊर्जाले पहिलो त्रैमासिकमा २३.६ प्रतिशत बढी खुद नाफा कमायो
जलसरोकार
काठमाडौँ: साहस ऊर्जाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार, कम्पनीले यस अवधिमा ४९ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ४० करोड २ लाख रुपैयाँको तुलनामा २३.६ प्रतिशत बढी हो ।
कम्पनीले बजारमा सूचीकृत जलविद्युत् कम्पनीमध्ये उत्कृष्ट वित्तीय प्रदर्शन गरेको मूल्याङ्कन गरिएको छ । नाफा वृद्धिमा विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घट्नु मुख्य योगदान रहेको छ । विद्युत् बिक्री आम्दानी अघिल्लो वर्षको ८६ करोड ७१ लाख रुपैयाँबाट बढेर ९२ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने वित्तीय लागत २३ करोड ४० लाख रुपैयाँबाट घटेर १६ करोड ७९ लाख रुपैयाँमा आएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर निरन्तर ओरालो लाग्दा जलविद्युत् कम्पनीहरूको वित्तीय लागत घटेको विश्लेषकहरूले उल्लेख गरेका छन् ।
साहस ऊर्जाको वार्षिक प्रतिसेयर आम्दानी ५२.३७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ छ । हाल बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६४.२० रुपैयाँ रहेको छ । कम्पनीले ८६ मेगावाट क्षमताको दूधकोशी आयोजना सञ्चालन गरिरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य