साहस ऊर्जाले शेयरधनीका लागि २२.१०५३ प्रतिशत लाभांश घोषणा
जलसरोकार
काठमाडौँ: साहस ऊर्जाले शेयरधनीका लागि २२.१०५३ प्रतिशत लाभांश घोषणा गरेको छ । सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले कम्पनीले चुक्ता पूँजीको २१ प्रतिशत सेयर बोनस र कर प्रयोजनका लागि आवश्यक १.१०५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीका अनुसार यो लाभांश विद्युत् नियमन आयोग र आगामी साधारणसभाबाट स्वीकृत भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।
साथै, कम्पनीले बोनस सेयर जारी गरेपछि कायम हुने चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुग्नेछ र १ः१ अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने योजना बनाएको छ ।
साहस ऊर्जाले हालको लाभांश घोषणा मार्फत शेयरधनीलाई दीर्घकालीन लगानीमा विश्वास र आकर्षण बढाउने उद्देश्य राखेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा