साहस ऊर्जाले शेयरधनीका लागि २२.१०५३ प्रतिशत लाभांश घोषणा
जलसरोकार
काठमाडौँ: साहस ऊर्जाले शेयरधनीका लागि २२.१०५३ प्रतिशत लाभांश घोषणा गरेको छ । सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले कम्पनीले चुक्ता पूँजीको २१ प्रतिशत सेयर बोनस र कर प्रयोजनका लागि आवश्यक १.१०५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीका अनुसार यो लाभांश विद्युत् नियमन आयोग र आगामी साधारणसभाबाट स्वीकृत भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।
साथै, कम्पनीले बोनस सेयर जारी गरेपछि कायम हुने चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुग्नेछ र १ः१ अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने योजना बनाएको छ ।
साहस ऊर्जाले हालको लाभांश घोषणा मार्फत शेयरधनीलाई दीर्घकालीन लगानीमा विश्वास र आकर्षण बढाउने उद्देश्य राखेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य