साहस ऊर्जाको नाफा दोब्बर वृद्धि
जलसरोकार
काठमाडौं: सोलुखोला जलविद्युत् आयोजना ८६ मेगावाट क्षमताको सञ्चालन गरिरहेको साहस ऊर्जाले एक वर्षमै उल्लेखनीय नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, उक्त अवधिमा खुद नाफा ९० करोड २७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४२ करोड ३ लाख रुपैयाँभन्दा दोब्बरभन्दा बढी हो ।
कम्पनीका अनुसार विद्युत् बिक्री आम्दानीमा वृद्धि र बैंकको ऋणमा तिर्नुपर्ने ब्याजमा कमी आउनु नाफा बढ्नका प्रमुख कारण बनेका छन् । गत आर्थिक वर्षमा साहस ऊर्जाले २ अर्ब ६४ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ४४ करोड रुपैयाँभन्दा २० करोड रुपैयाँले बढी हो । यसैगरी, वित्तीय लागत अघिल्लो वर्षको १ अर्ब १६ करोड रुपैयाँबाट घटेर गत आर्थिक वर्षमा ८० करोड ५ लाख रुपैयाँमा सीमित भएको छ ।
वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (भ्एक्) २३ रुपैयाँ ८८ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ रहेको छ। कम्पनीको बजार मूल्य प्रतिकित्ता ६७७ रुपैयाँमा कारोबार भइरहेको छ ।
साहस ऊर्जाले आगामी दिनमा ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा समेत लगानी गर्ने निर्णय गरेको छ । यसका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको र परियोजना वित्तपोषणको लागि बैंकहरूको सहकार्य सुनिश्चित गर्न पहल भइरहेको कम्पनीले जनाएको छ ।
यसबाहेक, कम्पनीले हाल कायम चुक्ता पूँजीमा शत प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरिसकेको छ । साधारणसभामा पारित उक्त प्रस्तावको कार्यान्वयन प्रक्रिया पनि सुरु भइसकेको कम्पनीको भनाइ छ ।
साहस ऊर्जाको यो उपलब्धि देशको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको प्रभावकारी भूमिकाको उदाहरणका रूपमा हेरिएको छ । विद्युत् बिक्रीबाट प्राप्त आम्दानीको स्थिर वृद्धिका साथै वित्तीय लागत नियन्त्रण गर्न सक्नु कम्पनीको बलियो व्यवस्थापन क्षमताको द्योतक भएको बताइन्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने