जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति
जलसरोकार
म्याग्दी: जिल्लाको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति सुरु भएको छ । रघुगङ्गामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो ।
मौवाफाँट हुँदै झिँ, पाखापानी, दग्नाम र चिमखोलासम्मका कठिन भागमा ढलान कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।
३५.५ मेगावाट चिमखोला–राहुघाट–मङ्गले र २१.३ मेगावाट ठूलोखोला आयोजना सम्पन्न भइसकेका छन् भने राहुघाट, ठूलोखोला ‘ए’ र अपर राहुघाट आयोजना अन्तिम चरणमा छन्। तुँदी पावर, ठूलोखोला र माथिल्लो ठूलोखोला (ए)ले करिब दुई करोड रुपैयाँ सहयोग गरेर सडक ढलान र विस्तार गरेका छन् ।
यस्तै, रघुगङ्गा हाइड्रोपावरले करिब १० करोड रुपैयाँ खर्चेर बेनी–जोमसोम सडकअन्तर्गत घुमाउने ताल–पिप्ले–मौवाफाँट खण्डमा स्तरोन्नति थालेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै