बीपी राजमार्गको बर्खे खोला-धुलिखेल खण्डमा १६ स्थानमा सडक क्षति (विवरणसहित)
जलसरोकार
धुलिखेल : बीपी राजमार्गको चौकीडाँडा–बर्खे खोला खण्डमा हालैको वर्षाका कारण सडकका विभिन्न भागहरू क्षतिग्रस्त भएका छन्। वाशआउट विवरण अनुसार, बर्खे खोला (Ch. ११३+०००) देखि धुलिखेल (Ch. १६०+०००) सम्मको सडक खण्डमा १६ स्थानमा क्षति पुगेको छ। यसको अर्थ सडकको उक्त खण्ड ११३ किलोमिटरदेखि १६० किलोमिटरसम्मका ४७ किलोमिटर विभिन्न खण्डमा क्षति पुगेको हाे ।
सडक विभागले तयार गरेको विवरणअनुसार, सो खण्ड अन्तर्गतको २औं चरणको डायभर्सन मर्मत कार्य क्षेत्र ५,३०० मिटर रहेको छ। तीमध्ये ३,४१० मिटर सडक भाग बाढी वा पहिरोका कारण बगाएको (washout) उल्लेख गरिएको छ।
क्षतिग्रस्त स्थानहरूमा मम्ती खोला, माथिल्लो मम्ती, पिप्ले सिरान, तल्लो पिप्ले, सुखा पहिरो पिप्ले, डालाबेसी, कालढुंगा (भ्वाकुरे खोला), बोक्सी कुना, च्युरी बस झ्याङ, नर्के, गिमाटी बेसी, चारसावा बेसी, कटुने बेसी, चौकीडाँडा र डप्चा पुल नं. १ रहेका छन्।
उक्त क्षेत्र बाढी, पहिरो र नदी कटानको जोखिमयुक्त भूभागमा पर्ने भएकाले बार्षिक रूपमा क्षति हुने गरेको छ। हाल क्षतिग्रस्त सडक भागको मापन तथा क्षतिको मूल्याङ्कन प्रक्रिया जारी रहेको र आवश्यक मर्मत तथा डायभर्सन कार्य क्रमशः अगाडि बढाइने उल्लेख गरिएको छ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित
-
राष्ट्र बैंकलाई थप स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले