बीपी राजमार्गको बर्खे खोला-धुलिखेल खण्डमा १६ स्थानमा सडक क्षति (विवरणसहित)
जलसरोकार
धुलिखेल : बीपी राजमार्गको चौकीडाँडा–बर्खे खोला खण्डमा हालैको वर्षाका कारण सडकका विभिन्न भागहरू क्षतिग्रस्त भएका छन्। वाशआउट विवरण अनुसार, बर्खे खोला (Ch. ११३+०००) देखि धुलिखेल (Ch. १६०+०००) सम्मको सडक खण्डमा १६ स्थानमा क्षति पुगेको छ। यसको अर्थ सडकको उक्त खण्ड ११३ किलोमिटरदेखि १६० किलोमिटरसम्मका ४७ किलोमिटर विभिन्न खण्डमा क्षति पुगेको हाे ।
सडक विभागले तयार गरेको विवरणअनुसार, सो खण्ड अन्तर्गतको २औं चरणको डायभर्सन मर्मत कार्य क्षेत्र ५,३०० मिटर रहेको छ। तीमध्ये ३,४१० मिटर सडक भाग बाढी वा पहिरोका कारण बगाएको (washout) उल्लेख गरिएको छ।
क्षतिग्रस्त स्थानहरूमा मम्ती खोला, माथिल्लो मम्ती, पिप्ले सिरान, तल्लो पिप्ले, सुखा पहिरो पिप्ले, डालाबेसी, कालढुंगा (भ्वाकुरे खोला), बोक्सी कुना, च्युरी बस झ्याङ, नर्के, गिमाटी बेसी, चारसावा बेसी, कटुने बेसी, चौकीडाँडा र डप्चा पुल नं. १ रहेका छन्।
उक्त क्षेत्र बाढी, पहिरो र नदी कटानको जोखिमयुक्त भूभागमा पर्ने भएकाले बार्षिक रूपमा क्षति हुने गरेको छ। हाल क्षतिग्रस्त सडक भागको मापन तथा क्षतिको मूल्याङ्कन प्रक्रिया जारी रहेको र आवश्यक मर्मत तथा डायभर्सन कार्य क्रमशः अगाडि बढाइने उल्लेख गरिएको छ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा