रिभर फल्स पावरको हकप्रद सेयर बिक्री खुला
जलसरोकार
काठमाडौं: रिभर फल्स पावर लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले ७० लाख कित्ता हकप्रद सेयरमा आजदेखि आवेदन खुलाएको हो ।
साउन २५ गतेसम्म कायम रहेका सेयरधनीले आगामी असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटलले लिएको छ ।
हकप्रद सेयरबाट जुटाइने ७० करोड रुपैयाँ कुमारी बैंकको ऋण भुक्तानीमा प्रयोग गरिने कम्पनीले जनाएको छ । गत आर्थिक वर्षमा कम्पनीले जम्मा १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ०.१५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ । हाल बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५६ रुपैयाँमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा