रिभर फल्स पावरको हकप्रद सेयर बिक्री खुला
जलसरोकार
काठमाडौं: रिभर फल्स पावर लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले ७० लाख कित्ता हकप्रद सेयरमा आजदेखि आवेदन खुलाएको हो ।
साउन २५ गतेसम्म कायम रहेका सेयरधनीले आगामी असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटलले लिएको छ ।
हकप्रद सेयरबाट जुटाइने ७० करोड रुपैयाँ कुमारी बैंकको ऋण भुक्तानीमा प्रयोग गरिने कम्पनीले जनाएको छ । गत आर्थिक वर्षमा कम्पनीले जम्मा १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ०.१५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ । हाल बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५६ रुपैयाँमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य