रसुवामा बाढी-पहिरोको जोखिम : प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
जलसरोकार
रसुवा : मनसुन प्रणाली सक्रिय रहँदा रसुवा जिल्लाभित्र बहने नदीहरूमा बाढी र पहिरोको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय, रसुवाले सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
गृह मन्त्रालयको निर्देशनअनुसार जारी गरिएको सूचनामा भनिएको छ कि चीनको तिब्बत क्षेत्रबाट उद्गम भएर रसुवा जिल्लामा बग्ने नदी तथा खोलाहरूमा वर्षाका कारण बहाव बढ्न सक्ने भएकाले नदी किनाराका बस्तीहरू, निर्माणाधीन तथा सञ्चालित आयोजना र अन्य संरचनामा विपद्को जोखिम देखिएको छ।
विशेष गरी भोटेकोशी नदी, त्रिशुली नदी, लाङटाङ खोला, चिलिमे खोला र अन्य साना नदी–खोलाहरूमा बाढी र पहिरोको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दा, आयोजना तथा कार्यालयहरूलाई आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरिएको छ।
त्यस्तै सम्भावित बाढी–पहिरोका कारण सडकहरूमा समेत क्षति पुग्न सक्ने भएकाले सवारीसाधन सञ्चालन गर्दा र यात्राका क्रममा विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।
प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेकाहरूलाई सुरक्षित स्थानमा बस्न, अत्यावश्यक सामग्री तयार राख्न र आवश्यक परेमा सम्बन्धित निकायसँग सम्पर्क राख्न समेत सुझाव दिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्