हनुमानढोका दरबार क्षेत्रको आम्दानी बढ्यो
जलसरोकार
काठमाडौँ : अघिल्लो आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको आम्दानीमा वृद्धि भएको छ ।
गत आवको वैशाख पहिलो हप्तासम्ममा रु १४ करोड छ लाख ६३ हजार पर्यटनबाट शुल्क सङ्कलन गरेको उक्त कार्यक्रमले चालु आवको सोही अवधिमा रु १५ करोड २६ लाख ३५ हजार सङ्कलन गरिसकेको कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए ।
प्रमुख प्रधानका अनुसार पर्यटन सेवा शुल्कसँगै अन्य सेवा शुल्क र अन्य प्रशासनिक सेवा शुल्क गरी आयमा वृद्धि भएको हो । कार्यालयले चालु आवका लागि रु १७ करोड आम्दानी गर्ने लक्ष्य राखेको र सहज रुपमा लक्ष्यमा पुग्न सकिने उनको भनाइ छ । गत आवमा भने उक्त कार्यालयले रु १५ करोडको मात्र लक्ष्य लिएको थियो ।
उक्त कार्यालयको विशेषगरी हनुमानढोका घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कबाट लिइने रकम नै आम्दानी हो । हाल यहाँ उक्त ऐतिहासिक स्थान घुम्न आउने पर्यटक सार्क राष्ट्रका लागि रु ५०० निर्धारण गरिएको छभने अन्य मुलुकबाट आउने पर्यटकका लागि रु एक हजार निर्धारण गरिएको प्रधानले जानकारी दिए । नेपालीलाई प्रवेशका लागि शुल्क नलागे पनि सङ्ग्रहालय अवलोकनमा भने शुल्क लाग्ने गरेको छ ।
हनुमानढोका घुम्नका लागि पर्यटकीय मौसममा दैनिक ७०० सम्म पर्यटक आउने गरेका छन् । विशेषगरी भदौ, असोज र कात्तिकमा पर्यटक बढी आउने गरेको प्रधानले जानकारी दिए । उनका अनुसार गत आवमा सार्क राष्ट्रबाट ४७ हजार ३९९ पर्यटक अवलोकनका लागि आएका थिए भने अन्य देशबाट एक लाख ५३ हजार २६२ पर्यटक अवलोकनका लागि आएका बताइएको छ ।
त्यस्तै चालु आवको हालसम्मको अवधिमा सार्क राष्ट्रबाट ३५ हजार ७८५ र अन्य देशबाट भने एक लाख ४५ हजार ६२५ ले हनुमान ढोकाको अवलोकन गरिसकेका छन् । विगतको वर्षमा जस्तो नभई यस वर्ष वैशाखमा पनि पर्यटकको सङ्ख्यामा कुनै कमी नभएको बताइएको छ । इन्द्रजात्राको समयमा अन्य समयभन्दा अत्यन्तै धेरै पर्यटक आउने गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलीबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने