२८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरण
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् निर्यातका लागि दिएको स्वीकृतिलाई नवीकरण गरेको प्राधिकारणले जनाएको छ ।
प्राधिकरणका अनुसार देशभित्रको खपतपछि बाँकी विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा बिक्री गर्दै आएको छ । साथै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री भइरहेको छ । भारतीय प्रसारण संरचना प्रयोग गर्दै बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ ।
नवीकरण स्वीकृति चार आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत्को लागि भएको हो । ती आयोजनाबाट उत्पादित विद्युत्को बिक्री स्वीकृति विभिन्न मितिमा समाप्त भएको थियो । अब सबै आयोजनाको निर्यात करिब एक वर्षका लागि गत मंगलबारबाट लागू हुने गरी नवीकरण भएको छ ।
साथै, द्विपक्षीय सम्झौताअनुसार हरियाणा राज्यलाई चार आयोजनाबाट उत्पादित करिब १८० मेगावाट विद्युत् बिक्री भइरहेको थियो । यसका लागि अनुमति बिहीबार (आज) समाप्त हुँदैछ । प्राधिकरणले यस वर्ष पनि हरियाणालाई विद्युत् बिक्री गर्न अनुमति पाएका आयोजनाको विद्युत् अब आईएक्समार्फत निरन्तर बिक्री गर्न पाउने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं सभामा सहभागी हुन भारत भ्रमणको क्रममा विद्युत् मन्त्रालयका मन्त्री मनोहरलाल खट्ठरसँगको भेटमा निर्यात स्वीकृतिको प्रक्रिया सरलीकृत गर्न आग्रह गरेका थिए। उनले नेपालमा विद्युत उत्पादनको उत्कृष्ट समय भएकाले नवीकरणको प्रस्ताव तत्काल स्वीकृत गरिदिन समेत अनुरोध गरेका थिए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा गिरावट, करिब रु. ४ अर्बभन्दा बढीको कारोबारसँग बजार दबाबमा
-
हाइड्रो आईपीओ उछाल: लगानीकर्ताको अवसर कि जोखिम?
-
भिमखोला साना जलविद्युत् आयोजना : ३० वर्षे पीपीएमा मध्यम प्रतिफल, प्रारम्भिक वर्षमा कमजोर आरओइ
-
नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
-
सुन तोलामा ५१ सयले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता