बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
जलसरोकार
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ।
आयोजनाको बाँध (इन्टेक) क्षेत्रमा बाढी पसेर क्षति पुर्याएपछि असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ।
आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाढीले बाँधमा क्षति पुर्याउनुका साथै आयोजनास्थलसम्म पुग्ने सडक पनि पहिरोका कारण अवरुद्ध बनेको छ। “बाँधमा क्षति पुगेको छ भने पहुँच मार्ग अवरुद्ध हुँदा मर्मत तथा निरीक्षण कार्यसमेत प्रभावित भएको छ,” उहाँले बताउनुभयो।
विद्युत् उत्पादन पूर्ण रूपमा बन्द हुँदा आयोजनाले आर्थिक नोक्सानीसमेत व्यहोर्नुपरेको जनाएको छ। क्षतिको विस्तृत विवरण संकलन तथा मर्मतको तयारी भइरहेको आयोजनाले जनाएको छ।
गत वर्ष निर्माण सम्पन्न भएको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। बाढीका कारण उत्पादन रोकिएपछि आयोजनाको विद्युत् आपूर्ति अस्थायी रूपमा प्रभावित भएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य