चालु वर्षको पहिलो महिनामै २८ प्रतिशतले घट्यो घरजग्गा कारोबार
जलसरोकार
काठमाडौँ : चालु आर्थिक वर्ष सुरु भएयता घरजग्गा कारोबारमा लगातार गिरावट देखिएको छ । अघिल्लो आर्थिक वर्षमा केही चलायमान देखिएको बजार २०८२÷८३ मा सुस्त भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका तथ्यांकअनुसार, साउनमा नेपालभर ३१ हजार ६ सय २१ वटा घरजग्गा मात्र कारोबार भएको छ । यो अघिल्लो आर्थिक वर्षको उक्त महिनाको तुलनामा २८ प्रतिशतले कम हो भने गत असारको तुलनामा ४३ प्रतिशतले घटेको देखिन्छ । गत असारमा ५५ हजार ५ सय २४ घरजग्गा कारोबार भएका थिए ।
काठमाडौं उपत्यकामा मात्रै तीन हजार २० वटा घरजग्गा कारोबार भएको छ । ललितपुरको लगनखेलमा ६ सय १६, गोटीखेलमा ६, भक्तपुरमा ८ सय २०, डिल्लीबजारमा १६३, चाबहिलमा ३ सय ६२, कलंकीमा ४ सय ६६, मनमैजुमा २४, साँखुमा २६३ र टोखमा १११ घरजग्गा कारोबार भएका छन् ।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेका अनुसार, लचिलो मौद्रिक नीति आए पनि कित्ताकाट रोकिँदा कारोबार प्रभावित भएको छ । उनले भने, “स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा कित्ताकाट हुन सकेको छैन । यसले घरजग्गा कारोबारमा ठुलो असर पारेको छ। आर्थिक शिथिलता पनि यसको एक प्रमुख कारण हो ।”
व्यवसायीहरूले भदौमा पनि घरजग्गा कारोबार निराशाजनक रहेको बताएका छन्। अध्यक्ष घिमिरेका अनुसार, सरकारले कित्ताकाट खुलाएन भने बजारको अवस्था अझै खराब हुने सम्भावना छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा