चालु वर्षको पहिलो महिनामै २८ प्रतिशतले घट्यो घरजग्गा कारोबार
जलसरोकार
काठमाडौँ : चालु आर्थिक वर्ष सुरु भएयता घरजग्गा कारोबारमा लगातार गिरावट देखिएको छ । अघिल्लो आर्थिक वर्षमा केही चलायमान देखिएको बजार २०८२÷८३ मा सुस्त भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका तथ्यांकअनुसार, साउनमा नेपालभर ३१ हजार ६ सय २१ वटा घरजग्गा मात्र कारोबार भएको छ । यो अघिल्लो आर्थिक वर्षको उक्त महिनाको तुलनामा २८ प्रतिशतले कम हो भने गत असारको तुलनामा ४३ प्रतिशतले घटेको देखिन्छ । गत असारमा ५५ हजार ५ सय २४ घरजग्गा कारोबार भएका थिए ।
काठमाडौं उपत्यकामा मात्रै तीन हजार २० वटा घरजग्गा कारोबार भएको छ । ललितपुरको लगनखेलमा ६ सय १६, गोटीखेलमा ६, भक्तपुरमा ८ सय २०, डिल्लीबजारमा १६३, चाबहिलमा ३ सय ६२, कलंकीमा ४ सय ६६, मनमैजुमा २४, साँखुमा २६३ र टोखमा १११ घरजग्गा कारोबार भएका छन् ।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेका अनुसार, लचिलो मौद्रिक नीति आए पनि कित्ताकाट रोकिँदा कारोबार प्रभावित भएको छ । उनले भने, “स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा कित्ताकाट हुन सकेको छैन । यसले घरजग्गा कारोबारमा ठुलो असर पारेको छ। आर्थिक शिथिलता पनि यसको एक प्रमुख कारण हो ।”
व्यवसायीहरूले भदौमा पनि घरजग्गा कारोबार निराशाजनक रहेको बताएका छन्। अध्यक्ष घिमिरेका अनुसार, सरकारले कित्ताकाट खुलाएन भने बजारको अवस्था अझै खराब हुने सम्भावना छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १० करोड जुटाउने इप्पानको लक्ष्य, हालसम्म ८ करोड १९ लाख संकलन
-
बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै