रसुवागढी जलविद्युत् मर्मतपछि पुनः सञ्चालनमा
जलसरोकार
काठमाडौं : गत असार २४ गते आएको ल्हेन्देखोला बाढीका कारण क्षतिग्रस्त भएको रसुवागढी जलविद्युत् आयोजना मर्मतपश्चात् पुनः सञ्चालनमा आएको छ । हाल आयोजनाबाट उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
१११ मेगावाट क्षमताको यस आयोजनाका तीन टर्बाइनमध्ये हालसम्म दुई टर्बाइन, मुहानको ड्याम तथा नहर मर्मत सम्पन्न भएपछि विद्युत् उत्पादन सुरु गरिएको रसुवागढी जलविद्युत् केन्द्रले जनाएको छ ।
रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वका अनुसार, मर्मत–सुधारपछि गत मङ्सिरमा ३७ मेगावाट र हालै ३१ मेगावाट विद्युत् उत्पादन गरिएको हो। बाँकी सरसफाइ तथा मर्मत कार्य अझै जारी रहेकाले पूर्ण क्षमतामा उत्पादन हुन केही समय लाग्ने उनले बताए ।
आयोजनाबाट क्षमता अनुसार उत्पादन हुन बाँकी रहेको ४३ मेगावाट विद्युत् आगामी जेठ–असारदेखि उत्पादन हुने अपेक्षा गरिएको छ। यद्यपि पानीको प्रवाह घट्ने सुक्खायाममा विद्युत् उत्पादन घट्ने आयोजनाले जनाएको छ ।
ल्हेन्देखोला बाढीका कारण उपकरण तथा संरचनामा ठूलो क्षति पुगेपछि आयोजनाले करिब रु तीन अर्ब ५१ करोड बराबरको क्षति बेहोर्नुपरेको थियो । मर्मतपश्चात् आयोजना पुनः सञ्चालनमा आउँदा राष्ट्रिय विद्युत् प्रणालीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पाँच महिनामै भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी
-
सेयर बजारका सबै सूचक हरियाली, नेप्से २८.७३ अंकले बढेर २६३९ मा
-
हिउँदे आगन्तुक जलपक्षी गणना हुने
-
दुई दिनमै काठमाडौँको तापक्रम ३.५ डिग्री सेल्सियसमा झर्यो
-
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा १ करोड १ लाख सहयोग
-
सुनको भाउ तोलामा ४ हजार ६ सयले बढ्यो, चाँदी पनि महँगियो