रसुवागढी जलविद्युत् मर्मतपछि पुनः सञ्चालनमा
जलसरोकार
काठमाडौं : गत असार २४ गते आएको ल्हेन्देखोला बाढीका कारण क्षतिग्रस्त भएको रसुवागढी जलविद्युत् आयोजना मर्मतपश्चात् पुनः सञ्चालनमा आएको छ । हाल आयोजनाबाट उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
१११ मेगावाट क्षमताको यस आयोजनाका तीन टर्बाइनमध्ये हालसम्म दुई टर्बाइन, मुहानको ड्याम तथा नहर मर्मत सम्पन्न भएपछि विद्युत् उत्पादन सुरु गरिएको रसुवागढी जलविद्युत् केन्द्रले जनाएको छ ।
रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वका अनुसार, मर्मत–सुधारपछि गत मङ्सिरमा ३७ मेगावाट र हालै ३१ मेगावाट विद्युत् उत्पादन गरिएको हो। बाँकी सरसफाइ तथा मर्मत कार्य अझै जारी रहेकाले पूर्ण क्षमतामा उत्पादन हुन केही समय लाग्ने उनले बताए ।
आयोजनाबाट क्षमता अनुसार उत्पादन हुन बाँकी रहेको ४३ मेगावाट विद्युत् आगामी जेठ–असारदेखि उत्पादन हुने अपेक्षा गरिएको छ। यद्यपि पानीको प्रवाह घट्ने सुक्खायाममा विद्युत् उत्पादन घट्ने आयोजनाले जनाएको छ ।
ल्हेन्देखोला बाढीका कारण उपकरण तथा संरचनामा ठूलो क्षति पुगेपछि आयोजनाले करिब रु तीन अर्ब ५१ करोड बराबरको क्षति बेहोर्नुपरेको थियो । मर्मतपश्चात् आयोजना पुनः सञ्चालनमा आउँदा राष्ट्रिय विद्युत् प्रणालीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य