राष्ट्र बैंकबाट ५० रूपैयाँ दरका ४२ करोड नोट छपाइका लागि बोलपत्र आह्वान
जलसरोकार
काठमाडौं: नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२० मिलियन (४२ करोड) नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । केन्द्रीय बैंकले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उक्त नोट सुरक्षित तरिकाले छाप्नका लागि योग्य कम्पनीहरूबाट प्रस्ताव माग गरेको हो ।
मुद्रा व्यवस्थापन विभागमार्फत आह्वान गरिएको यो बोलपत्र सिंगल स्टेज टु इन्भेलोप प्रणालीअन्तर्गत हुनेछ। इच्छुक कम्पनीहरूले प्रविधिक र मूल्य प्रस्ताव छुट्टाछुट्टै रूपमा पेश गर्नुपर्नेछ। विभागले आवश्यक बजेट विनियोजन भइसकेको जनाएको छ ।
बोलपत्र दस्ताबेजको मूल्य नेपाली रुपैयाँमा २० हजार तोकिएको छ भने विदेशी मुद्रामा युएस डलर १४६, युरो १२६ र पाउण्ड १०९ तोकिएको छ । इच्छुक कम्पनीहरूले यो रकम राष्ट्र बैंकको थापाथलीस्थित खातामा जम्मा गर्नुपर्नेछ ।
बोलपत्र बुझाउने अन्तिम मिति २०८२ भदौ २३ गते निर्धारण गरिएको छ। साथै, बोलपत्र कम्तीमा १२० दिनसम्म मान्य हुनुपर्ने र न्यूनतम ४ करोड रुपैयाँको बैंक जमानतपत्र संलग्न गर्नुपर्ने शर्त राखिएको छ ।
राष्ट्र बैंकले कुनै पनि वा सबै बोलपत्र रद्द गर्ने अधिकार सुरक्षित राखेको सूचनामा उल्लेख छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य