राप्ती लोकमार्गको थप सडक स्तरवृद्धि हुँदै
जलसरोकार
दाङ,: राप्ती लोकमार्गअन्तर्गत दाङको तुलसीपुरबाट सल्यान कपुरकोटसम्म स्तरवृद्धि हुन बाँकी खण्डको काम अघि बढेको छ । हाल कपुरकोटबाट राम्रीसम्म यही वैशाख १४ सम्म दैनिक पाँच घण्टा सडक बन्द गरेर स्तरवृद्धि गर्न लागिएको हो ।
नियमित सवारीसाधन सञ्चालनमा आउँदा स्तरोन्नतिको काम प्रभावित भएको भन्दै गत सोमबारदेखि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक पाँच घण्टा सडक बन्द गरेर काम अघि बढाइएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमिर सुवेदीले जानकारी दिए । उनका अनुसार साना तथा अत्यावश्यक सवारीसाधनका लागि पैयाखोरिया–सातावास–किमुचौर–कपुरकोट खण्ड प्रयोग गर्ने गरिएको छ । ठूला सवारीसाधन भने जाममा पर्ने गरेका छन् ।
सडक विस्तार तथा निर्माण भइरहेकाले निर्माण व्यवसायीको आग्रहमा वैशाख ८ देखि १४ गतेसम्मका लागि दैनिक पाँच घण्टा सडक बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । चार किलोमिटर सडक विस्तारका लागि रु १३ करोड २३ लाखमा आरडी उज्वल लोकमणि ज्वाइन्ट भेन्चरसँग ठेक्का सम्झौता गरी काम सुरु गरिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सुवेदीले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य